You are here
Home > Front News > स्याङ्जा र पर्वतको संगमस्थल सेतीवेणीस्थित सेतीवेणीस्थित १७ गते बेपत्ता निशा दश दिनपछि मृत भेटिइन्

स्याङ्जा र पर्वतको संगमस्थल सेतीवेणीस्थित सेतीवेणीस्थित १७ गते बेपत्ता निशा दश दिनपछि मृत भेटिइन्

२७ कार्तिक २०७५, मंगलवार १५:०८

स्याङ्जा र पर्वतको संगमस्थल सेतीवेणीस्थित शिलामा पूजा गर्न गएकी १६ वर्षीय किशोरीको शव १० दिनपछि फेला परेको छ । कात्तिक १७ गते पूजा गर्न गएकी गल्याङ नगरपालिका–५ सालबुट्टाकी निशा भुसालको शव सोमबार फेला परेको हो ।

गल्याङ–५ आधीमुहानस्थित कालीगण्डकी नदी किनारमा पहेँलो रंगको कुर्तासुरुवालसहित किशोरीको शव भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लुगा र हुलियाको आधारमा सनाखत गरी मृतक निशा नै रहेको खुलेपछि घटनास्थल लाशजाँच मुचुल्का गरेर पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएको प्रहरीले जनाएको छ ।

भुसालका आफन्तले मंगलबार पोष्टमार्टम गर्ने जनाएका छन् । १७ गते बेपत्ता निशाको नदी किनारमा चप्पल र झोला भेटिएपछि खोजी भएको थियो । शव भेटिएपछि थप अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

  • 350
    Shares