You are here
Home > समाचार > सेवाग्राहीको विश्वास जित्न सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन

सेवाग्राहीको विश्वास जित्न सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन

१ भाद्र २०७५, शुक्रबार १२:५७

काठमाडौ –सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नेपालको सेवा लिने सेवाग्राहीको विश्वास जित्ने ढंगले  व्यावसायिक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन ।

संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानको बोरमा एफपीयुको रुपमा सफलतापूर्वक कार्यसम्पन्न गरी स्वदेश फर्किएको एपीएफ टोलीलाई स्वागत तथा प्राविधिक सशस्त्र प्रहरी निरीक्षकमा पदोन्नती भएकाहरुलाई दज्र्यानी चिन्ह प्रदान गर्नुहँुदै सो कुरा बताएका हुन ।

संगठन नयाँ सिराबाट अगाडी बढिरहेको उल्लेख गर्दै खनालले संगठनको विकास र विस्तारमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउनुपर्ने कुरा समेत बताए ।

‘नागरीकले ठूलो विश्वास र सँग थुप्रै अपेक्षाहरु गरेका छन्, नागरीकको त्यो विश्वास र अपेक्षालाई पुरा गर्न सशस्त्र प्रहरी कर्मचारीले आफ्नो सम्पूर्ण इच्छा आकांक्षाहरुलाई थाती राखेर हर प्रहर नागरीक हितमा केन्द्रित भई पेशागत इमान्दारीताकासाथ व्यावसायिक जिम्मेवारी पूरा गर्नुपर्दछ ।’ खनालले भने ।

  • 214
    Shares