You are here
Home > Front News > सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ७१ हजार पुग्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ७१ हजार पुग्यो

२८ श्रावण २०७६, मंगलवार १२:२०

२८ साउन, काठमाडौं । तीन दिनसम्म स्थिर सुनको मूल्य मंगलबार पुनः एक हजारले बढेको छ ।

नेपाल सुनचाँँदी व्यवसायी संघले मंगलबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार रुपैयाँ तोकेको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ७० हजार ७ सय पुगेको छ भने चाँदीको प्रतितोला मूल्य ८३५ रुपैयाँ कायम भएको छ ।