You are here
Home > समाचार > सिस्नोका १५ फाइदा

सिस्नोका १५ फाइदा

२० बैशाख २०७५, बिहीबार ११:४५

सिस्नो प्राय सवै ठाउँमा पाइन्छ । यसमा रहेको औषधी गुण र प्रभावकारीका कारण पछिल्लो समय सहरी श्रेत्र,होटल र रेष्टुरेण्टमा समेत यसको प्रयोग बठ्दो छ । सिस्नोलाई सुकाएर बनाएको धुलो सुपरमार्केटहरुमा प्याकमा समेत किन्न सकिन्छ ।
१० ग्राम सिस्नोको धुलोलाई करिव दुई सय मिलिलिटर तातोपानीमा रातभरि भिजाएर भोलिपल्ट विहान खालि पेटमा खाँदा फाइदा पु¥याउँछ ।
सिस्नोमा “ए,सी र डी” भिटामिनसंगै पोटासियम र क्याल्सीयम जस्ता पा्रैष्टिक तत्वहरु पाइन्छ । सिस्नोमा फाइवरसमेत हुन्छ,जसले खाना पचाउन सहयोग गर्छ । सिस्नोले शरीरमा रोग प्रतिरोृधात्मक क्षमतासमेत बढाउँछ । मधुमेहको रोगीका लागि सिस्नो लाभदायक हुन्छ । सिस्नोको धुलोलाई दाल र सुप बनाएरमेत खान सकिन्छ । हरियो सिस्नोको मुन्टा टिपेर तरकारीको रुपमा समेत प्रयोग हुने गरेको छ । सिस्नो खानाले किड्नीको समस्या हुनबाट जोगाउन सघााउँछ । पिसाव पोल्ने समस्या छ भने सिनोको सुप लाभदायक हुन्छ ।
दम,बाथरोग, रगत उत्पादन गराउनेृ,शरीरमा हेमोग्लोविनको मात्रा बढाउन समेत यसले सघाउँछ । सिस्नोको लेदोलाई मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्ने समस्या कम हुन्छ । भाँचिएको तथा मर्केमा हाड जोड्न,हाड–जोर्नी दुखेकोम पनि सिस्नो उपयोगी हुन्छ ।