You are here
Home > Front News > सिक्सलेन सडक खण्ड निर्माण गर्ने क्रममा रोलरले च्यापेर एकजनाको मृत्यु

सिक्सलेन सडक खण्ड निर्माण गर्ने क्रममा रोलरले च्यापेर एकजनाको मृत्यु

३० कार्तिक २०७५, शुक्रबार ११:२८

बुटवल कार्तिक २९
ब्यापारीक मार्ग बिस्तार आयोजना बेलहिया बुटवलको निर्माणमा सम्लग्न एक प्राबिधिकको केहिबेर अघि भएको दुर्घटनामा ज्यान गएको छ ।
उक्त आयोजनाका ठेकेदार कम्पनी टेलिकम ईण्डीया लिमिटेडमा सुपरभाईजर पदमा कार्यरत पाल्पाका प्रबिण पाण्डेको ज्यान गएको हो ।
उक्त कम्पनीमा कार्यरत पाण्डे करिव सवा ६ बजे तिलोत्तमा नगरपालिका मणिग्राम नजिकै सडकमा लगाई रहेको रोलरमा च्यापिएका थिए ।
बेलवास बेथरी सडक आयोजनाको निर्माण कम्पनीमा सुपरभाईजर पदमा कार्यरत पाण्डे करिव २ महिना अघि ब्यापारीक मार्ग बिस्तार आयोजना बेलहिया बुटवलमा आएका थिए ।
आयोजनाका ईन्जिनीयर महेश्वर लम्सालले उक्त घटनाको पुष्टि गर्दै सांझको बेला रोलर अगाडी पुगेका पाण्डेलाई चालकले नदेखेका कारण दुर्घटना भएको हुन सक्ने बताए ।

  • 8
    Shares