You are here
Home > कला > साउथ इन्डियन फिल्मका ८ सुन्दरी, जो साउथका होइनन्

साउथ इन्डियन फिल्मका ८ सुन्दरी, जो साउथका होइनन्

२४ मंसिर २०७४, आईतवार ०९:५९

काठमाडौं।

बलिउडमा केही यस्ता हिरोइन छन्, जो अलग–अलग भाषाका फिल्ममा काम गर्छन् । यो सूचीमा साउथ इन्डियन फिल्ममा अधिकांश छन् । साउथ फिल्ममा देखिने वित्तिकै उनीहरु साउथकै हुन् भन्ने होइन । साउथका चर्चित हिरोइन साउथका होइनन् ।

हेर्नुहोस् सूची

१. हंसिका मोटवानी


हंसिका मुम्बईकी हुन् । उनको मातृ भाषा सिन्धी हो । उनी बौद्ध धर्म मान्छिन् । हंसिकाले आफ्नो पढाई पनि मुम्बईबाटै पुरा गरेकी हुन् । उनको पहिलो तेलुगु फिल्म ‘पुरी जगन्नध’ हो । यो भन्दा पहिले उनी हिन्दी सिरियल र फिल्ममा काम गर्थिन । मानिसहरु उनलाई साउथ इन्डियन नै मान्छन् ।

२. काजल अग्रवाल

तेलुगु फिल्मकी चर्चित अभिनेत्री काजल पनि मुम्बईकी हुन् । उनले २००४ मा ‘क्यों हो गया ना’ फिल्मबाट डेब्यू गरेकी थिइन् । ‘सिंघम’, ‘स्पेशल २६’ र ‘दो लफ्जों की कहानी’ जस्ता फिल्ममा उनले अभिनय गरेकी छन् ।

३.तापसी पन्नू

२०१६ मा आएको फिल्म ‘पिंक’ बाट चर्चामा आएकी तापसी पन्नू सिख परिवारकी हुन् । उनी नयाँ दिल्लीकी हुन् । उनले पढाई पनि दिल्लीबाटै पुरा गरेकी हुन् । उनले तेलुगु फिल्म ‘झुमंडी नादम’ बाट फिल्मी दुनियाँमा पाइला राखेकी हुन् । उनको पहिलो हिन्दी फिल्म ‘चश्मे बद्दूर’ हो । उनले केही समय अघि रिलिज भएको ‘जुडुवा २’ मा समेत अभिनय गरेकी छन् ।

४. तमन्ना भाटिया

‘बाहुबली’ की हिरोइन तमना भाटिया मुम्बईकी हुन् । उनले १५ बर्षको उमेरमा बलिउडमा डेव्यू गरेकी थिइन् । उनको पहिलो फिल्म ‘चान्द सा रोशन चेहरा’ हो ।

५. भूमिका चावला

पन्जाबी परिवारमा जन्मिएकी भूमिका चावलाको फिल्मी करिअर तेलुगू फिल्म ‘युवाकुडु’ बाट सुरु भयो । उनले तमिल, तेलुगु, हिन्दी, मलयालम, कन्नड, भोजपुरी र पन्जाबी भाषाका फिल्ममा काम गरेकी छन् । २००३ मा आएको चर्चित बलिउड फिल्म ‘तेरे नाम’ मा उनले अभिनय गरेकी छन् ।

६. इलियाना डि क्रुज

इलियानले आफ्नो फिल्मी करिअर २००६ मा आएको तेलुगु फिल्म ‘देवदासु’ बाट सुरु गरेकी हुन् । उनी गोवाकी हुन् । यो फिल्मबाट उनले साउथको फिल्मफेयर अवार्ड समेत जितिन् । उनले बलिउड फिल्म ‘बर्फी’ मा समेत काम गरेकी छन् । उनले गतसाल आएको अक्षयकुमारको ‘रुस्तम’ मा समेत काम गरेकी छन् ।

७. नेहा शर्मा

अहिले नेहा टलिउड फिल्ममा काम गर्छिन् । उनले तेलुगु फिल्म ‘चिरुथा’ बाट डेब्यू गरेकी हुन् । नेहाले बलिउड फिल्म ‘क्रुक’ मा काम गरेकी छन् । उनी बिहारको भागलपुरकी हुन् ।

८. रिमा सेन

रिमा सेन कोलकत्ताकी हुन् । उनको करिअर २०० मा आएको तेलुगु फिल्म ‘चित्रम’बाट सुरु भएको हो । उनले २००१ मा आएको हिन्दी फिल्म ‘हम हो गए आपके’ मा काम गरेकी थिइन् । एजेन्सी