You are here
Home > Front News > सर्वोच्च अदालतद्वारा रुकुम पूर्वको सदरमुकाम नसार्न आदेश

सर्वोच्च अदालतद्वारा रुकुम पूर्वको सदरमुकाम नसार्न आदेश

१८ माघ २०७४, बिहीबार २०:४६

काठमाडौं |

सर्वोच्च अदालतले देउवा सरकारको निर्णय अन्तरिम आदेश मार्फत उल्ट्याइदिएको छ । सिडिओलाई समेत घेरा बन्दी गरेर सदरमुकामका जनताले ८ दिनदेखि बन्द र हडताल जारी राखेकै बेला रुकुम पूर्वको सदरमुकाम नसार्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ  ।

बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर सदरमुकाम सार्ने निर्णय कार्यान्वयन नगर्न भनेको छ। रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट उत्तरपुथामा सार्ने सरकारले निर्णय गरेपछि सो निर्णय विरुद्ध अधिवक्ता गणेश हमालसहित तीन जनाले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । न्यायाधीश दीपक कार्कीको एकल इजलासले सदरमुकाम सार्ने निर्णय हाललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

रुकुम पूर्व जिल्लाको सदरमुकाम सार्ने देउवा सरकारको निर्णयलाई सर्वोच्च अदालतले रोकेको छ । सदरमुकाम सार्ने निर्णय विरुद्ध परेको रिटमा कानूनविदहरु सूर्य ढुंगेल, उपेन्द्रकेशरी न्यौपाने, रमन श्रेष्ठ, टीकाराम भट्टराई लगायतले बहस गरेका थिए ।