You are here
Home > बिचार/अन्तरबार्ता > सर्बाेन्द्र खनाल जहां सफलता त्यहां

सर्बाेन्द्र खनाल जहां सफलता त्यहां

२८ कार्तिक २०७४, मंगलवार ०३:०१

मिलन लामा , साजन बि क  -सर्बेन्द्र खनाल जहाँ सफलता त्यहाँ’ ’ भन्नेहरु प्रहरी संगठनभित्र धेरै छन् । काम र परिणामले उनलाई सफल वनाएको हो । उनी जिम्मेवारी लिएर गएपछि ठूला अप्रेसन हुनु, चर्चा चुलिनु र पुरस्कृत हुनु सामान्य जस्तै बनेको छ । समकालीन प्रहरी भित्र इमान्दार, सालिन, मिलनसार, लगनशील र निडर अधिकृत खोज्ने हो भने सर्वेन्द्र खनालको नाम सवैभन्दा अगाडि आउँछ । प्रहरी कर्मचारी इमान्दार र कर्तब्यनिष्ट हुने हो भने मुलुकमा आमूल परिवर्तन ल्याउन सकिन्छ– प्रहरी महानिरीक्षक Upendra Kant Aryal ले दुईवर्षअघि संगठनको नेतृत्व सम्हाल्ने क्रममा दिनुभएको यो अभिब्यक्ति यतिखेर महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालको कामकारवाहीबाट प्रष्ट हुन्छ । प्रहरीले चाहेमा जस्तो सुकै अपराधलाई नियन्त्रण गरी सुरक्षित र समुन्नत समाज निर्माणमा महत्वपूर्ण सघाउ पुग्न सक्छ।सर्वेन्द्र खनाल यो अभियानको एकपात्र मात्र हुन । २०७२ साल असार दुई गते अपराध महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्न पुगेका खनालले काठमाडौं उपत्यकामा हुने गरेका अपराधहरुको अनुसन्धानमा नयाँशैली र चमत्कारी परिवर्तन देखाइ दिए । संगठित अपराधमा संलग्नलाइ पक्राउ गर्ने, वर्षौंसम्म नसुल्झिएको अपराधमा संलग्नलाइ पक्राउ गर्ने, चर्चित हत्याकाण्डमा संलग्न आफ्नै संगठनका पुर्व अधिकृतलाइ समेत कानुनको कठघरामा उभ्याउने देखि सभासद बनाइदिन्छु भन्दै राजनीतिक म्याच फ़िक्सिङ्गको आडमा पैसा कमाउन खोज्नेलाइ पनि पक्राउ गरेका थिए प्रहरी संगठनभित्र अपराध अनुसन्धानमा ‘आइकनम्यान’ को पहिचान बनाएका खनालले नौ महिना को अवधिमा दुईसय वटा अपराधका घटनाको सफल अनुसन्धान गर्न सफल भए ।जुन घटनाहरु आमसर्वसाधारणले नजरअन्दाज गर्न समेत सक्दैनन् ।अपराधलाई एसएस्पी खनालको कमाण्डको प्रहरी टोलीले जरो देखिनै उखेल्दिएको छ । राष्ट्रिय स्वाभिमानसंग जोडिएको फुटवल खेलमा फष्टाउदो ‘म्याच फिक्सिङ’, पेट्रोल पम्पमा स्वचालित रिमोटकन्ट्रोल, राजनीतिक पार्टीको आडमा गुण्डागर्दीका नाइके कुमार घैटे श्रेष्ठको मृत्यु, १२ जना नक्कली चिकित्सक, १० वर्ष जेल सजाय पाएका कुख्यात लागूऔषध कारोवारी सन्की भन्ने रावरण जीत तामाङको पक्राउ सफल घटना हुन ।घातक अपराधका घटनाहरु राजनीतिक पार्टीका नेताहरुको संरक्षणमा त कतिपय सरकारकै उच्चतहका कर्मचारीहरुको मिलिमतोमा हुने गरेका थिए । ती घटनाहरुलाई एकपछि अर्को गरी सार्वजनिक गर्ने र घटनामा संलग्न ब्यक्तिलाई पक्राउ गरी कारवाहीको अभियान चलाउने निडर स्वभावका एसएस्पी खनाल प्रहरी संगठनको नमूना प्रहरी अफिसर हुन ।चर्चाकम काम बढी गर्न रुचाउने एसएस्पी खनालले प्रत्येक दिन केही न केही अपराधका घटनाको सफल अनुसन्धान गरेको पाइन्छ । नयाँ तथा पुराना फौजदारी घटनाका अलवा समाजमा नदेखिएका र विश्वास नै गर्न सकिने अपराधको समेत उहाँले सफल अनुसन्धान गर्नु भएको छ । अपराध महाशाखामा सरुवा आएको एकहप्तामा दुईजना लुटेरालाई पक्राउ गरेका थिए । हिजोआज सवारी साधन प्रयोग गरी सिक्री लुट्ने र सार्वजनिक सवारी साधनमा हुने पकेटमारी घटेको छ ।अष्ट्रेलिया, चीन, भारत, दुवई, थाइल्याण्ड, लगायतका देशहरुमा हुण्डी मार्फत रकम पठाउने १ करोड ७४ लाख रकम सहित खिचापोखरी र न्यूरोडका १५ जना ब्यापारी पक्राउ सफल भए । दृढ संकल्प र निरन्तर प्रयासमा सफल भईन्छ भन्ने विस्वास राख्ने खनाल नियम र विवेक पु¥याएर नागरिक संगको सहकार्यमा भय मुक्त समाजको निर्माणमा लाग्नु पर्ने उहाको विचार छ । यिनै खुविले उनि नेपाल प्रहरीको भावि प्रहरी महानिरिक्षक बन्नु हुन्छ भन्ने संकेत गर्दछ । उहाको सफलता नै भय मुक्त समाजको निर्माण हो । उहाको सफलताको कामाना ।