You are here
Home > राजनीति > सराकारको निर्णयको बिरुद्द आदिबासी जनजाती माहासङ्घले गर्यो ‘ बिरोध तथा धर्ना कार्यक्रम ‘ !!

सराकारको निर्णयको बिरुद्द आदिबासी जनजाती माहासङ्घले गर्यो ‘ बिरोध तथा धर्ना कार्यक्रम ‘ !!

७ बैशाख २०७५, शुक्रबार २२:२८

मिलन लामा ,काठ्माडौ ।
नेपाल आदिबासी जनजाती माहासङ्घ केन्द्रिय समितिको आयोजानामा आफ्ना आदिबासी पहिचान सङ्ग जोडिएका राष्ट्रिय पर्बहरुमा दिने गरेको सार्बजनिक बिदा कटौती गर्नेगरी सरकारले गरेको निर्णयको बिरोधमा काठमाडौको माइतिघरमा आफ्ना साहायक संगठनहरुको बाक्लो उपस्थितिमा ” बृहत् बिरोध धर्ना कार्यक्रम ” भब्य रुपमा सम्पन्न गरेको छ ।

ल्होछार/ ल्होसार , उधौली – उभौलि , माघे सक्रन्ती/ माघे सकराती लगायतका आफ्ना मौलिक र वास्तविक पहिचान प्रतिबिम्बित हुने राष्ट्रिय पर्बहरु बिनाकारण पुर्बाग्रहपुर्ण ढङ्गले सरकारले सार्बजनिक बिदाको सुचिबाट एकाएक हटाएको बिरोधमा नाराबाजी र पहिचान झल्किने भेषभुषा सहित उक्त कार्यक्रम गरेका हुन ।

‘ नेपाल जनजातिहरुको बाहुल्यता भएको देश हो । डेढ करोड भन्दा बढी आदिबासि जनजाती नेपालमा स्थाइ रुपमा बसोबास गर्ने आँकडा रहेको र यो राष्ट्रिय पर्बको रुपमा स्थापित हुँदै आएको जनजातीहरुको मौलिक पर्बहरु ईतिहासबाटै नामेट गर्ने उद्देश्यका साथ सरकारले बिदा कटौतिको निर्णय गरेको हो । यो निर्णय डेढ करोड आदिबासी जनजातिको आत्मसम्मान र आस्था माथिको गर्भिर अपमान हो । यो निर्णय फिर्ता नलिए सम्म हाम्रो धर्ना , बिरोध र थप सँघर्षका कार्यक्रम निरन्तर चलिरहने छ ‘ नेपाल न्युजलाई जानकारी गराउदै आदिबासी जनजाती महासङ्घका प्रबक्ता तथा नेपाल मगर सङ्घका अध्यक्ष नवीन रोक्कामगर आफ्ना आक्रोश ब्यक्त गरे ।

सैयौको सङ्ख्यामा उपस्थिती रहेको उक्त कार्यक्रममा चर्को नाराबाजीका बिच नेताहरुले आ- आफ्ना मन्तब्य समेत राखेका थिए । माहासङ्घका अध्यक्ष जगत बरामले यो आजको कार्यक्रम साङ्केतीक कार्यक्रम मात्र रहेको र अझै सरकारले आफ्नो त्रुटिलाइ अबिलम्ब नसच्चाए आफुहरु निर्मम ढंगले अगाडि बढ्ने बताए ।