You are here
Home > राजनीति > संसदीय दलका नेतामा पार्टी अध्यक्ष प्रचण्ड तथा राष्ट्रिय सभामा क. बादल चयन हुने

संसदीय दलका नेतामा पार्टी अध्यक्ष प्रचण्ड तथा राष्ट्रिय सभामा क. बादल चयन हुने

६ फाल्गुन २०७४, आईतवार ११:१९

नेकपा(माओवादी केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ।

बैठक बिहान साढे आठ बजेदेखि सुरु हुने भनीय पनि ९:३० बजे देखि मात्र बैठक सुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सचिवालयले जनाएको छ ।

पहिलो पटक बस्न लागेको माओवादीको संसदीय दलको बैठकले  दलको नेता चयन गर्ने बताइएको छ।

दलको नेतामा प्रचण्ड नै चुनिने सम्भावना छ। प्रचण्डलाई चुनौति दिने गरी अहिलेसम्म कुनै पनि आकांक्षी माओवादी भित्र सार्वजनिक भएका छैनन्। राष्ट्रिय सभामा भने क.बादल चुनिने लगभग पक्का पक्कि भएको छ /

माओवादीका प्रत्यक्ष ३६ र समानुपातिकतर्फ १७ गरि जम्मा ५३ सांसद छन्।