You are here
Home > राजनीति > संयुक्त मगर मंचको सम्मान कार्यक्रम आज,सम्मानीय उपराष्ट्रपति सहित मगर मन्त्रीहरु सम्मानित हुँदै .

संयुक्त मगर मंचको सम्मान कार्यक्रम आज,सम्मानीय उपराष्ट्रपति सहित मगर मन्त्रीहरु सम्मानित हुँदै .

१६ चैत्र २०७४, शुक्रबार १०:४५

काठमाण्डौ १६ चैत्र ,संयुक्त मगर मंच तथा नेपाल मगर संघ केन्द्रिय समितिको आयोजनामा सम्माननीय उपराष्ट्रपति कार्यालय बहादुर भवन आज बिशेष कार्यक्रमका बीच सम्माननीय उपराष्ट्रपति लगाएत नेपाल सरकारमा सहभागी माननीय मगर  मन्त्रीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ /

कार्यक्रम आज दिनको ठिक १२:००बजे रहेको कुरा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष्य नबिन रोक्का मगरले जानकारी दिनु भयो / सम्मान्नित हुनुहुने हरुमा सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुन, गृह मन्त्री माननीय राम बहादुर थापा मगर ,उर्जा मन्त्रि मानिय बर्षमान पुन ,महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री माननीय थम माया थापा मगर,खानेपानी मन्त्रि माननीय बिना मगर र पर्यटन राज्यमन्त्रि माननीय धन बहादुर बुढा मगर रहेका छन् /