You are here
Home > समाचार > विश्वकप फुटबल: नकआउट चरणको खेल आजदेखि !!!

विश्वकप फुटबल: नकआउट चरणको खेल आजदेखि !!!

१६ असार २०७५, शनिबार ०९:०७

रुसमा जारी विश्वकप फुटबलमा आजदेखि नेकआउट चरणको खेल शुरु हुँदैछ ।

विश्वकपको समूह चरणमा ३२ देशबीच भएको प्रतिष्पर्धाबाट १६ देश छानिएका छन् ।  यी १६ देशबीच अाजबाट प्री–क्वार्टरफाइनल खेल हुँदैछ ।

शनिबार ४ देश प्रतिष्पर्धामा उत्रिँदैछन् ।

नेपाली समयअनुसार बेलुका पौने ८ बजे अर्जेन्टिना र फ्रान्सबीच प्रतिष्पर्धा हुनेछ । अर्जेन्टिना समूह डीको उपविजेता हाे भने फ्रान्स समूह सीको विजेताका रुपमा अन्तिम १६ मा आएकाे हाे । दुर्इ देशबीच कडा प्रतिष्पर्धा हुने ठानिएकाे छ ।

उरुग्वे र पोर्चुगलबीचको खेल पनि आजै हुने कार्यतालिका छ । यो खेल नेपाली समयअनुसार राति ११ः४५ बजे हुनेछ ।

 

  • 1
    Share