You are here
Home > खेलकुद > विश्वकप क्वाटरफाइनल : उरुग्वे र फ्रान्स तथा ब्राजिल र बेल्जियम भिड्दै !!!

विश्वकप क्वाटरफाइनल : उरुग्वे र फ्रान्स तथा ब्राजिल र बेल्जियम भिड्दै !!!

२२ असार २०७५, शुक्रबार १८:२६

विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत क्वाटरफाइनलका खेलहरु शुक्रबारबाट सुरु हुँदैछ ।

रुसमा जारी प्रतियोगितामा पहिलो क्वाटरफाइनल खेलमा उरुग्वे र फ्रान्स भिड्नेछन् । यो खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे हुने छ ।

फ्रान्स गत संस्करणको उपविजेता अर्जेन्टिनालाई ४–३ ले पाखा लगाउँदै क्वाटरफाइनलमा पुगेको हो । यसैगरी उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
दोस्रो खेलमा राति ११ः४५ बजे ब्राजिल र बेल्जियम आमनेसामने हुनेछन् । क्वाटरफाइनलको यात्रा तय गर्ने सिलसिलामा पाँच पटकको विश्वविजेता ब्राजिलले मेक्सिकोलाई २–० ले पराजित गरेको थियो भने बेल्जियमले जापानलाई ३–२ गोलअन्तरले हराएको थियो ।

  • 16
    Shares