You are here
Home > समाचार > राम्रो काम गर्नेको उचित मूल्याकन र संगठनको छवि धमिल्याउनेहरु संगठनमा नअट्ने : आईजीपी खनाल

राम्रो काम गर्नेको उचित मूल्याकन र संगठनको छवि धमिल्याउनेहरु संगठनमा नअट्ने : आईजीपी खनाल

२९ चैत्र २०७४, बिहीबार १७:१५

 

चैत २९,नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले मातहतका प्रहरी अधिकारीहरुलाई कानुनमा नझुक्न र नचुक्न निर्देशन दिएका छन् ।

महानिरीक्षकको जिम्वारी सम्हालेलगत्तै बिहीवार प्रहरी प्रधान कार्यालय नक्सालमा उच्चपदस्थ प्रहरी अधिकृतलाई बिफ्रिङ गर्दै महानिरीक्षक खनालले प्रहरीको नैतिक आचारण र इमान्दारिता प्राण भएको भन्दै छवि धमिल्याउनेहरु संगठनमा नअट्ने बताएका हुन्।’संगठनको छवि धमिल्याउने काम भइरहेको छ।

अब भने त्यस्ता प्रहरीहरु संगठनमा अटाउन सक्दैनन्।प्रहरी संगठन अब अनिर्णयको बन्दी नरहेको बताउँदै उनले इमान्दार र निष्ठावान प्रहरीको मूल्याङ्कन हुने दावी गरे।उनले कुनै पनि ब्यक्तिले अवैध काम गर्न लगाए त्यस्तो नेपाल प्रहरीलाई सैह्य नहुने भन्दै उनले त्यस्तो आदेश पालना गर्नेलाई कारबाही गर्ने चेतावनीसमेत दिए।

त्यस्तै संगठन भित्रको रिक्ततालाई छिट्टै पूर्ति गर्ने पनि उनले आश्वासन दिए।‘तस्करी र अपराधीसँग हात मिलाउने होइन अब सशस्त अप्रेशन हुन्छ, तस्करीसँग हात मिलाउने र आर्थिक प्रलोभनमा कोही परेमा त्यसको परिणाम आफैं भोग्नुपर्ने हुन्छ,’ उनले ब्रिफिङमा भने।

उनले राम्रो काम गर्ने प्रहरी अधिकारीले कुनै पनि चिन्ता नगर्न समेत सुझाए। ‘राम्रो काम गर्नेको उचित मूल्याकन हुन्छ, त्यसमा कुनै पक्षपात हुनेछैन ढुक्कका साथ काम गर्नुहोस्,’उनले भने।त्यसैगरी प्रहरीको माथिल्लो अधिकारी र तल्लो तहका कर्मचारीको सुविधालाई पनि विचार गर्ने आईजिपी खनालले दाबी गरे।