You are here
Home > Front News > राजधानीमा मगर समुदायले उपराष्ट्रपतिलाई लिएर माघे सकराती मनाए

राजधानीमा मगर समुदायले उपराष्ट्रपतिलाई लिएर माघे सकराती मनाए

१ माघ २०७४, सोमबार २३:१८

काठमाडौं |

मगर समुदायले देशैभर माघे सकराती चाड धुमधामका साथ मनाएका छन्।  काठमाडौंमा बसोवास गर्दै आएका मगर समुदायले यसपाली भृकुटीमण्डपमा उपराष्ट्रपति नन्न्दकिशोर पुनलाई तारो (धनुषवाण) हानेर उद्घाटन गराएर माघे सकराती मनाएका छन्।

सोमबार नेपाल मगर संघले आयोजना गरेको उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनमगर प्रमुख अतिथिको रूपमा उपस्थित थिए। पुन मगरले कार्यक्रममा मन्तब्य दिंदै भने, ‘अबको मुख्य ध्यान भनेको मुलुकको दिगो आर्थिक विकाससहितको समृद्ध नेपाल निर्माणमा केन्द्रित आबसेक छ।’ उनले भने, ‘मुलुक समृद्ध हुन प्रत्येक नागरिक समृद्ध हुनुपर्ने र स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न गरेर संविधानको पूर्ण कार्यान्वयन गर्दै देशलाई आर्थिक समृद्धितर्फ पर्छ ।’

उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनका क्रममा रहेका असमझदारी, असन्तुष्टिलाई राजनीतिक दलहरूले हटाउनतिर लाग्नुपर्ने बताए। ‘दलहरू चाँडै नै एउटा सकारात्मक निष्कर्षमा पुगेर देशलाई निकास दिनेछन्, यसमा मलाई विश्वास छ’, उनले भने, ‘समय र सन्दर्भ ख्याल राख्नेछन् भन्ने पनि पूर्ण विश्वास छ।’

हिजो राजनीतिक संघर्षमा एकताबद्ध भएर लागेका दलहरू अहिले समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने भन्दै समृद्ध नेपाल निर्माणका लागि बलियो राष्ट्रिय एकताको जरुरी भएको उनले उल्लेख गरे। नेपालका आदिवासी जनजातिहरू आफ्नो पहिचान, पहुँच र अधिकारका लागि निरन्तर संघर्षमा रहेको उनले बताए। उनले भने, ‘सबै जातजाति, भाषाभाषी, धर्म, संस्कृति र भूगोलका समुदायबीचको एकताबाट मात्रै बलियो राष्ट्रिय एकता सुदृढ हुनसक्छ।’

हाम्रो देश नेपाल प्राकृतिक रूपमा विश्वकै सुन्दर देश रहेको भन्दै उपराष्ट्रपति पुनले विभिन्न जातजाति, भाषाभाषी, धर्म, संस्कृतिका समुदायको सम्मिश्रित बसोवासले नेपाललाई झनै सुन्दर बनाएको बताए। ‘सुन्दर प्रकृति र माघे सकरातीलगायत हाम्रा साझा मौलिक संस्कृतिको समायोजनबाट नेपाल प्रकृति र संस्कृतिको विश्वकै धनी देश बनेको छ। यो हाम्रा लागि निकै नै गौरवको कुरा हो’, उनले भने। उपराष्ट्रपति पुनले मगर समुदायको इतिहास निकै गौरवपूर्ण रहेको भन्दै आधुनिक नेपाल राष्ट्रको निर्माण तथा अन्य विभिन्न संघर्षमा मगर समुदायले अग्रभागमा वीरतापूर्वक लडेको बताए।

कार्यक्रममा नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगरले काठमाडौंमा रहँदै आएका मगर समुदायका लागि आफ्नो सांस्कृतिक मुख्य चाड मनाउनका लागि संघले हरेक वर्ष कार्यक्रम आयोजना गर्दै आएको बताए। त्यस अवसरमा मगर समुदायका प्रचलित पैस्यारु, भूमे, हुर्रा, कौरालगायतका नृत्यहरू प्रस्तुत गरिएको थियो।