You are here
Home > समाचार > रसुवा टिमुरेमा हिजो राति गएको पहिरोमा परि ४ को मृत्यु ५ बेपत्ता

रसुवा टिमुरेमा हिजो राति गएको पहिरोमा परि ४ को मृत्यु ५ बेपत्ता

१० श्रावण २०७५, बिहीबार १०:४०

रसुवाको गोसाइकुण्ड गाँउपालिका–२, टिमुरेमा बुधबार राति खसेको पहिरोमा परी चार जनाको ज्यान गएको छ। पाँच जना बेपत्ता छन्।पहिरोमा परी सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिका–५ का श्याम श्रेष्ठ, विक्रम श्रेष्ठ, मंगले तामाङ, भोटेकोशी–४ का रमेश खड्काको मृत्यु भएको हो।बेपत्ता पाँच जनाको खोजी भइरहेको तर उनीहरू जिवित भेटिने संभावना ज्यादै कम रहेको छ ।

घटनामा १२ जना घाइते भएका छन्। उनीहरूमध्ये सात जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

 

अविरल वर्षापछि आएको पहिरोले तीनवटा घर पुरिएका छन् भने टिमुरेस्थित प्रहरी बिटसमेत पुरिएको छ । दुईवटा कन्टेनर र एक ट्रकमा क्षति पुगेको बताइएको छ।

 

 

 

 

  • 1
    Share