You are here
Home > खेलकुद > “रशिया विश्वकप २०१८”सम्पन्न,पुरस्कार राशिमा कसले कति पाए ! पुरा विवरण हेर्नुहोस

“रशिया विश्वकप २०१८”सम्पन्न,पुरस्कार राशिमा कसले कति पाए ! पुरा विवरण हेर्नुहोस

३२ असार २०७५, सोमबार ११:०५

सन २०१८ को विश्वकपको उपाधि फ्रान्सले जितेको छ । फ्रान्सले क्रोएसियालाई ४-२ गोल अन्तरले हराउंदै दोस्रो पटक विश्वकपको उपाधि जितेको हो ।

रसिया विश्वकप २०१८ मा कुल पुरस्कार राशी ७९१ मिलियन डलर रहेको छ। याे यसअघि ब्राजिलमा भएकाे विश्वकप (सन् २०१४) को भन्दा ४० प्रतिशत अर्थात ३० लाख डलरले बढी हाे।

ब्राजिलको विश्वकपमा कुल पुरस्कार राशी ५७६ मिलियन डलर थियो भने २०१० मा दक्षिण अफ्रिकामा भएको प्रतियोगितामा यो रकम ४२० मिलियन डलर मात्र थियो।

कसले कति पाए ?

विजेता-फ्रान्सले १८ क्यारेट सुनको ट्रफी र ३९ मिलियन डलर अर्थात करिब ४ अर्ब नेपाली रूपैयाँ प्राप्त गरेको छ।

दोस्रो – क्रोएसियाले २८ मिलियन डलर

तेस्रो-बेल्जियमले २४ मिलियन डलर पाएको छ।

चौथो-इंल्याण्डले २२ मिलियन डलर पाएको छ।

अन्य टिममध्ये क्वाटरफाइनलबाट बाहिरिने ४ वटा टिम उरूग्वे, ब्राजिल, रसिया र स्विडेनले १६/१६ मिलियन डलरका दरले पुरस्कार पाएका छन्।

यस्तै, प्रिक्वाटरफाइनलबाट बाहिरिने ८ टिम -पोर्चुगल, अर्जेन्टिना, मेक्सिको, जापान, स्पेन, डेनमार्क, स्विटजरल्याण्ड र कोलम्बियाले १२/१२ मिलियन अमेरिकी डलरका दरले पाए।

समूह चरणबाट बाहिरिने १६ वटा टिमले पनि ८/८ मिलियन डलरका दरले पुरस्कार पाएका छन्।-एजेन्सी

  • 13
    Shares