You are here
Home > Front News > युवराज आचार्यको नयाँ शैलीमा ”नौटंकी”

युवराज आचार्यको नयाँ शैलीमा ”नौटंकी”

२७ कार्तिक २०७५, मंगलवार १४:४८

”फुलको डाली नुग्ने बेला भो,बाटो हेरी नरोउ है पियारी मेरो चिठी पुग्ने बेला भो ”
यस्तै  चर्चित गीत नेपाली लोक संगीत बजारमा पस्केर एकाएक चर्चाको शिखरमा पुग्न सफल नाम हो युवराज आचार्य ।बिगत लामो समय देखि नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएर उभिरहेका मिठो आवाजका धनि गायक एबम सर्जक युवराज आचार्य निकै खरा गायक हुन् ।प्रत्यक्ष दोहोरी गीतमा निकै कडा शब्द प्रहार गर्ने खुबी भएका गायक युवराजले दर्जनौ गीत संगीत मा आफ्नो लय तथा सब्द भरेका छन् भने दर्जनौ गीतमा आफ्नो आवाज भरेका छन ।

आफ्नै मन घाइते गराउछु ”नामक गीत हरेक नेपालीको ढुक ढुकी बनेको थियो ।जुन गीत अझै पनि मेला महोत्सब होस् या त दोहोरी साँझ नै किन नहोस प्रतक्ष रुपमा सोहि भाकामा दोहोरी घंकिन्छ ।बाग्लुङ्ग जिल्लामा जन्मेर नेपाली लोक संगीतलाई थप उचाइमा पुर्याउनको लागि अहोरात्र खटिरहने आचार्य युवा होस् या बुढापाका सबैका प्यारा बनेका गायक हुन् ।

मान्छेको मनको पिडा बुझेरै गीत संगीतमा तिनै पीडालाई उतार्ने गर्छन युवराज आचार्यले ।रोजगारीको सिलसिलामा आफ्नो मातृभूमि छोडेर जापान पुगेका गायक युवाराज आचार्यले काम गरेर बचेको त्यो थोरै समयलाई नेपाली लोक संगीतको खातिर खर्च गर्ने गर्छन ।अनि त्यहि छोटो समयमा कडा मेहनत गरेरै निकै मिठा- मिठा गीत रच्ने र बनाउने गर्छन ।

भर्खरै मात्र बजारमा आएको गीत ”नौटंकी ” पनि निकै मिठो र रमाइलो गीत हो ।नेपाली लोक संगीतमा मौलिक्तापन हराउदै जादा गायक आचार्यले भने मौलिकता पन बोकेको गीत दर्शक /स्रोता माझ पठायका छन ।जुन गीतमा युवराज आचार्यलाई चर्चित गायीका पूर्णकला बि सी ले साथ् दिईएकी छन् ।प्रकाश भट्टको उत्कृष्ट निर्देशनमा तयार भएको सो गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेको छ । अञ्जली अधिकारी र नरेश विर सिंहको नृत्य रहेको सो गीत आर अडियो म्युजिक कम्पनीले बजार ब्यबस्थापन गरेको छ भने बुढा सुब्बा डिजिटल को युट्युब च्यानल बाट सार्बजनिक गरियको छ ।
रमाईलो गीत ”नौटंकी” ले दर्शक र स्रोताको मन जित्न सफल बनोस हाम्रो शुभ-कामना ।
नौटंकी -भिडियो हेर्नु होस् ।

  • 6
    Shares