You are here
Home > राजनीति > मोदी भ्रमणको कार्यक्रम निर्धारण !

मोदी भ्रमणको कार्यक्रम निर्धारण !

२७ बैशाख २०७५, बिहीबार १७:२४

जनकपुरधाम  । भारतीय       प्रधानमन्त्री    नरेन्द्र    मोदीको    जनकपुरधाम भ्रमणको कार्यसूची तयार   भएकोछ   ।दुई   दिवसिय   नेपालको       भ्रमण       मोदीले       जनकपुरधामबाट प्रारम्भ गर्नेछन् ।मोदी  नागरिक  अभिनन्दनको  सभापतित्व  प्रदेश  नम्बर  २  का  मुख्यमन्त्री    लालबाबु    राउतले    गर्ने  छन्  ।  जनकपुर  उपमहानर  पालिकाका   मेयर   लालकिसोर   साहले   अभिनन्दन   पत्र   वाचन   र   नगरको   साँचो   हस्तांतरण   गर्ने छन् । संघिय सरकारका वरिष्ठ मन्त्री  ईश्वर  पोखरेलले  स्वागत  भाषण गर्ने छन् ।त्यसपछि मोदीले अभिनन्दन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उच्च स्रोतले जनाएका छन् । कार्यक्रम सञ्चालन प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले गर्ने छन् ।मेयर साहले मैथिली भाषामा अभिनन्दन पत्र वाचन गर्ने छन् ।उच्च   स्रोतहरुका   अनुसार   मोदीको  सम्बोधन  हुने  नागरिक  अभिनन्दन   समारोहका   लागि   बनाईएको  मञ्चमा  प्रदेश  प्रमुख  रत्नेश्वर  कायस्थ,  प्रदेश  नम्बर  २का    सत्तारुढ    गठबन्धनको    तर्फबाट    संघिय    समाजवादी    फोरम      नेपालका      अध्यक्ष      उपेन्द्र  यादव,  राजपा  नेपालका  संयोजक  महन्थ  ठाकुर,  नेपाली  काँग्रेसका  उपसभापति  विमलेन्द्र  निधि, संघिय सरकारका मन्त्रीहरु मातृका  यादव,  रघुबीर  महासेठ  बस्ने छन् ।मोदीलाई      विमानस्थलमा      रक्षा  मन्त्री  पोखरेल,  मुख्यमन्त्री  राउत      लगायतले      स्वागत      गर्ने  छन्  ।त्यसपछि  मोदी  जानकी  मन्दिरमा आउने छन् । त्यहाँ   उनलाई   प्रधानमन्त्री   केपी   शर्मा   ओली,   जानकी   मन्दिरका    महन्थ    लगायतले    स्वागत गर्ने छन् । जानकी मन्दिरमा मोदीको आगमन हुनु केहि अगावै प्रधानमन्त्री ओली पुग्ने छन् । दुवै देशका  प्रधानमन्त्रीहरुले  मन्दिरमा  संयुक्त रुपमा पुजाआजा गर्ने छन् । त्यहाँबाट  जनकपुरधाम–अयोध्या  बस सेवाको शुभारम्भ र रामायण सर्किटको ‘लञ्च’ गर्ने छन् ।जानकी मन्दिरबाट   मोदी   बारहबिघा   र   ओली चुरोट कारखाना परिसरमा हेलिकोप्टर चढन जाने छन् ।जानकी मन्दिर परिसरबाट    मोदीसित    सवारी    मन्त्री  पोखरेल  रहने  छन्  ।मोदी  शुक्रवार  काठमाण्डुमा  प्रधानमन्त्री  ओलीसित एक्लाएक्लै भेंटवार्ता र त्यसपछि  दुई  पक्षिय  भेंटवार्ता  गर्ने  कार्यक्रम रहेको छ ।

  • 23
    Shares