You are here
Home > कला > माघी र कम्लरी

माघी र कम्लरी

११ मंसिर २०७४, सोमबार ०४:२९
  • विष्णु श्रापित

 

भाचिएको मन र ,

चुडिएको भेट्घाट जोड्ने पर्व कहाँ रै’छर ?

यो मेला – तन्नेरिहरुको सङ्लो प्रीती साट्ने चौतारी काहा रै’छ र ?

यो माघी त –

बेघरबाट निम्छरो आमा बाबुको कलेजोको  टुक्राहरु

मालिकलाइ सुम्पने अलिनो दिन पो रहेछ

दुई मुटुको निश्छल प्रेमलाइ

बेमेलको तीखो सुइरोले छेड्ने

घाउ जस्तो राप पो रहेछ ।

 

अाँगनभरी फ्याकिएका खुशिको नअघाउने चारोहरु हेरेर

कम्लरी पिजडाभित्र रोइरहेछ

रातभरी निदाउने जुन जस्तो

जोबनहरु बन्धकी बनाएर

कम्लरी आफै ओइलाइरहेछ ।

 

र त मलाइ भन्न मन लागिरहेछ

यो कस्तो माघी – उसको स्वतन्त्र हातहरुलाइ साङ्लोले वाँधीदिने

यो कस्तो हिँउद – घामपानी सधै नजिकिएर उसको तालु र पीँठ्यु डढाइदिने ।

सिङ्गो शितलहर ओढेर एउटा खुल्ला आकश मुनि कम्लरी निदाइरहेछ ।

यो माघी साँच्ची उसैको लागि हो भने –

उसको उज्यालो सपनाहरुलाई आकाशभरी खुल्ला छोडिदिनुपर्छ र,

उसको कलकलाउँदो रहरहरुलाइ फाँटभरी फुल्न दिनुपर्छ

उसलाइ स्वतन्त्रताको निसराँउ बाड्नुपर्छ ।

 

यो माघी – उसलाइ जुनि जुनि मनाउन दिनुपर्छ

हे घिनलाग्दो मालिक हो !

तिम्रा जब्बर जोर अाँखाहरु खोलेर हेर त

उ त्यो रात सङ्गै शितलहर ओढेर

एउटा खुल्ला आकाश मुनि कम्लरी निदाइरहेछ ।