You are here
Home > Front News > महासङ्घले चलचित्र बिकास बोर्डलाई ७ बुद्दे ज्ञापन पत्र बुझायो

महासङ्घले चलचित्र बिकास बोर्डलाई ७ बुद्दे ज्ञापन पत्र बुझायो

१३ माघ २०७४, शनिबार २१:४५

काठमाण्डो ।

आदिबासी जनजाती चलचित्र महासङ्घले आज चलचित्र बिकास बोर्डमा ७ बुद्दे ज्ञापन पत्र बुझाएको छ । नेपाल सरकार चलचित्र बिकास बोर्डको नब नियुक्त अध्यक्ष निकिता पोउड्याललाई आदिबासी जनजाती चलचित्र महासङ्घको अध्यक्ष लगायत १४ जातिय सस्थाको प्रतीनिधिहरु रहेको थियो ।

आदिबासी जनजतिको बिशिष्ट पहिचान बचाई राख्नको निम्ती आदिबासी जनजातिको चलचित्रको बजार पर्बद्दन गर्दै जाने, आदिबासी जनजातीको ब्यबहारिक ऐन तथा नितिगत ब्यबस्था गर्नको निमित हिजोदेखी महासङ्घ लागी परेको आदिबासी जनजाती चलचित्र महासङ्घको अध्यक्ष अमृत सुनुवारले भेटमा बताएको छन ।

चलचित्र बिकास बोर्डको अध्यक्ष निकिता पोउडयालाले सकारात्मक रुपम लिएको प्रतिकृय दिएको छन । उनले भने, ‘बक्स अफिस भखर नै लागु हुने कुरा रहेको छ, त्यो सँगसङ्गै आदिबासी मुद्दालाई समेत लाने छौ ।’

चलचित्र बिकास बोर्डमा किरात राई चलचित्रकर्मी सङ्घको महसचिब सुमन नाछिरिङ राई, गुरुङ चलचित्रकर्मी सङ्घको अध्यक्ष गिरिप्रसाद गुरुङ, लिम्बु चलचित्रकर्मी सङ्घको कोषाक्ष बबिता लिम्बु, मगर फिल्म सङ्घको अध्यक्ष युबाराज मास्कि, सुनुवार फिल्म सङ्घको अध्यक्ष शिब मुखिया, नेवा फिल्म सङ्घको अध्यक्ष लुजा सिन्ह, थारु चलचित्रकर्मी सङ्घको उपाध्यक्ष रामलाल चोउधरी, माझी चलचित्रकर्मी सङ्घको बिन्दु माझी र सचिबलय टिम उपस्थित भएको थियो ।

आदिवासी जनजाति चलचित्रको विषयमा ७ बुदे माग सहित चलचित्र बिकास बोर्ड र सन्चार मन्त्रालरमा ज्ञापन पत्र बुझाउने निर्णय भएको हुँदा अब सन्चार मन्त्रालय बुझाउने महासङ्घको महसचिब पुर्खजित राइले बताए ।