You are here
Home > Front News > मगर समुदायको माघे सकराती चाड उपराष्ट्रपतिले उद्घाटन गर्ने

मगर समुदायको माघे सकराती चाड उपराष्ट्रपतिले उद्घाटन गर्ने

३० पुष २०७४, आईतवार २२:२०

काठमाडौं |

मगर समुदायको महान चाड माघे सकराती लाई यसपाली उपराष्ट्रपति नन्द किशोर पुनले उद्घाटन गर्ने भएको छ । नेपाल मगर संघ केन्द्रिय समितिले माघ १ गते भृकुटीमण्डप काठमाडौंमा माघे सकराती भव्य रुपले मनाउने तयारी गरेको छ ।

माघे सकरातीलाई मगर समुदायले प्रमुख चाडको रुपमा मनाउने गरेका छन । विगत झै यस बर्ष पनि माघ १ गते उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यमा भव्य रुपमा माघे सकराती मनाउन लागेको नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरले बताए ।

मगर समुदायको मौलिक सांस्कृतिक चाड भएकोले माघे सकराती जातीय पहिचान सँग जोडिएको रोका मगरको भनाई छ । उनले भने,  ‘यो बर्ष पहिचान र अधिकार सहितको संघीयता र आदिवासी जनजाति लगायत उत्पीडितको अधिकार प्राप्तीको आन्दोलनका रुपमा मनाउन लागिएको हो’

अध्यक्ष नविन रोका मगरले संघिय संविधानमा समावेश गरेको आदिवासी जनजातीको पहिचान, मौलिक हक र भौगोलिक अवस्था सहितको पहिचानको व्यवस्था गरेता पनि कार्यान्वयनको लागि राज्य चुकेको आरोप लगाएका छन् । अध्यक्ष रोक्काले दशैं तिहार जस्तै मगर समुदायको राष्ट्रिय चाड माघे सक्रान्तिलाई महत्व दिन आग्रह गरेका छन् ।

राज्यको पहुचबाट टाढा रहेको मगर जातीको इतिहासमा पनि कमी नरहको कुरा औल्याउँदै रोक्काले मगर जातीलाई राज्यले विभेद गर्नु दुःखद् कुरो भएको बताए ।

संघले माघ १ गतेका दिन भृकुटीमण्डपमा मगर जातिको परम्परागत परिकारका स्टल र मगर समुदायमा प्रचलित मौलिक सांस्कृतिक प्रस्तुती रहने बताइएको छ ।