You are here
Home > Front News > मंसिर २ गते सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृती दिवस

मंसिर २ गते सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृती दिवस

२७ कार्तिक २०७५, मंगलवार २१:३६

मंसिर २ गते सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृती दिवस रहेको छ उक्त दिन संयृक्त राष्टसंघको आब्हानमा बिश्वभर सडक दुर्घटनामा मृत्यु भएकाहरुको स्मरण गर्ने कार्यक्रम रहेको छ । नेपालमा सरकारी स्तरबाट उक्त कार्यक्रम आयोजना नभएको भए पनि गैर सरकारी स्तरबाट यो स्मृती दिवस मनाउदै आएका छौं ।

यस बर्ष पनि उक्त दिन मा दिप प्रज्वलन गरी स्मरण गर्ने सम्वन्धमा सुरक्षित यात्रा अभियान नेपालले आज सडक र सवारी संग सम्वन्धीत सस्थाहरु संग छलफल गरेको छ । उक्त दिन सांझ ५ः०० बजे बुटवल ६ पुष्पलाल पार्कमा रहेको स्मारकमा बिभिन्न सरोकारवाला संस्थाहरुको सहभागिता र आयोजनामा उक्त दिप प्रज्वलन कार्यक्रम गर्ने निर्णय समेत भएको छ ।