You are here
Home > राजनीति > भारतले अझै टेरेन कम्युनिष्ट सरकारलाई, हटेन बिराटनगरको सम्पर्क कार्यालय !!!

भारतले अझै टेरेन कम्युनिष्ट सरकारलाई, हटेन बिराटनगरको सम्पर्क कार्यालय !!!

२१ असार २०७५, बिहीबार १३:४९

प्रधानमन्त्री केपी शार्मा ओलीले संसदमा जानकारी गराए पनि विराटनगरस्थित सम्पर्क कार्यालयलाई भारतले हटाउन रुचाएको छैन ।

नेपाल भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगरको सम्पर्क कार्यालय हटाउने आश्वासन दिएका थिए । मोदीको आश्वासनपछि ओलीले संसदमा सो कार्यालय एक महिनाभित्र हट्ने जनाएका थिए ।

भारतले व्यवस्थापन लगायतका केही प्रक्रिया पूरा गर्नुपर्ने भन्दै सम्पर्क कार्यालयलाई हटाउन रुचाएको छैन । भारतले विराटनगरस्थित सम्पर्क कार्यालय बन्द गर्ने बचन नेपाल सरकारलाई दिएको छ ।

सीमा क्षेत्रमा भएका बाँधले सिर्जना गरेको डुबान समस्या समाधानका लागि नेपाल–भारतबीच संयुक्त कमिटी बनेको जानकारी दिँदै त्यसलाई सघाउन पनि सम्पर्क कार्यालय आवश्यक रहेको भारतीय पक्षको भनाइ छ ।

२०६५ भदौमा आएको बाढीले कोशीको बाँध भत्काएपछि उत्पन्न समस्या समाधानका लागि भारतले विराटनगरमा सम्पर्क कार्यालय स्थापना गरेपनि त्यसको प्रयोजन सकिएपछि नेपाल सरकारको अनुरोधका बाबजुद हटाएको थिएन ।