You are here
Home > Front News > बिश्व मधुमेहको दिवसको अवशरमा तिलोत्तमा ५, मणिग्राममा निशुल्क मधुमेह शिबिर सम्पन्न

बिश्व मधुमेहको दिवसको अवशरमा तिलोत्तमा ५, मणिग्राममा निशुल्क मधुमेह शिबिर सम्पन्न

२८ कार्तिक २०७५, बुधबार १२:२०

सुनिता अर्याल,
तिलोत्तमा ५, मणिग्राममा २०७५/०७/२८ गते बिश्व मधुमेहको अबशर पारेर लाइन्स क्लब अफ मनिग्रामले निशुल्क मधुमेह तथा स्वास्थ शिबिर सम्पन्न गरेको छ ।
एसोदा फुड्स प्राइभेट लिमिटेडको प्रायोजक र एन.आर.एल को प्राबिधिक सहयोगमा आयोजना गरिएको सो कार्यक्रममा २०० जना व्यक्तिको रगत परिक्षण गरिएको थियो । रगत परिक्षण गराएका मध्ये १६० जना व्यक्तिको मधुमेह रिपोर्ट सामान्य रहेको र ४० जना जतिको रिपोर्टमा मधुमेह बढी रहेको डा. प्रकाश पाण्डेले जानकारी दिनु भयो ।
कार्यक्रममा अध्यक्षता डा.प्रकाश पाण्डेले गर्नु भएको थियो भने प्रमुख अथितीमा तिलोत्तमा नगरपालिका वडा.न.५ का वडाध्यक्ष चेतनारायण भण्डारीले गर्नु भएको थियो ।
कार्यक्रम संचालक लाइन्स क्लब अफ मणिग्रामका प्रथम अध्यक्ष प्रकाश गौतमका अनुसार मधुमेहको प्रभाब भएका व्यक्तिका लागि अब छिट्टै नै योगा लगाएतका बिभिन्न प्राकृतिक उपचारको व्यवस्था गर्ने बताउनु भएको थियो ।
निशुल्क मधुमेह सिबिरले आफुहरुलाई आफ्नो अबस्थाको बारेमा थाहा पाउदा खुसि भएको त्यहा उपस्थित बिरामीले बताएका थिए । १८ वर्ष देखि ७० वर्ष सम्मका व्यक्तिको परिक्षण गरिएको कार्यक्रम बिहान ७ बजे देखि ११ बजे सम्म मणिग्राम चोकमा सम्पन्न भएको थियो ।

  • 12
    Shares