You are here
Home > Front News > बिप्लबले गाडे चुडामणिको घरमा कालो झण्डा, सम्पत्ती रास्ट्रीयकरण गर्न चेतावनी !!

बिप्लबले गाडे चुडामणिको घरमा कालो झण्डा, सम्पत्ती रास्ट्रीयकरण गर्न चेतावनी !!

२३ माघ २०७४, मंगलवार १७:४७

भ्रष्टाचार मुद्दामा केही समय अघि बिबादित चुडामणी शर्माको घर काठमाडौंको चपलीमा आज दिउँसो ३:३० बजे नेत्र बिक्रम चन्द ‘बिप्लब’ को नेपाल कम्युनिष्ट पार्टिले कालो झण्डा गाडेका छन।

दलबलका साथ पुगेका उक्त पार्टिले शर्माको घर अगाडि नाराबाजी गरि घरको गेटमा ‘ भ्रष्टाचारि चुडामणि शर्माको सम्पत्ती रास्ट्रीयकरण गर’ लिखित ब्यानर टागेका थिए।

 

ने. क. पा. का रास्ट्रीय युबा जन स्वयंसेवक का उपत्यका सँयोजक अनुप शर्माका अनुसार पार्टिको केन्दिय योजना अनुरुप तय गरिएको ३ महिने जनजागरण अभियान अन्तर्गतको यो शुरुको कार्बाही भएको जानकारी गराए। यो निरन्तर अगाडि बढ्ने जानकारी दिए ।