You are here
Home > Front News > बाटाे फेरिएका छन ,लक्ष्य फेरिएकाे छैनन , बर्षमान पुन

बाटाे फेरिएका छन ,लक्ष्य फेरिएकाे छैनन , बर्षमान पुन

१ फाल्गुन २०७४, मंगलवार १२:०२

अाज पेरिस डाँडा बाट माअाेबादी केन्द्रले जनयुद्द दिवस मनाउने तयारी गर्दै गर्दा एका बिहानै बर्षमान पुनकाे फेसबुक स्टाटसले सनसनि मच्चाएकाे छ ।

५२ साल फाल्गुन १ गते जनयुद्द  सुरु गर्दा उनि मात्र २४ बर्षका थिए तथापी जनयुद्दकाे जनमुक्ति सेना उहाकै नेतृत्वमा गठन भएकाे भन्ने तर्क राख्दछन राजनैतिक बिष्लेशकहरु बताउछन ।

युग परिबर्तन सुरवातकाे अाजकाे दिन नेपाली ईतिहासमा स्वर्णिम दिन भएकाे पुनकाे दाबी छ । युद्दकाे सफलता  राजनैतिक र सामाजिक अबस्थाबाट  यहासम्म अाईपुग्दा हामी राजनैतिक रुपमा कति अधिकार सम्पन्न भएका छाै ?  सामाजिक रुपमा बिभेद रहित भएके छ छैन ? तल्लाे बर्गकाे जिवन परिबर्तन र राष्टीय स्वाधिनता र समुन्नत  हाम्रा लक्ष पुरा भएका छन कि छैनन ? पुनले थप्छन ” हाम्राे बाटाे फेरिएकाे छ लक्ष्य फेरिएका छैनन ”

अाज बिहानै उनै चर्चित नेता बर्षमान पुनकाे फेसबुक स्टाटस 

 

महान् जनयुद्ध दिवसको शुभकामना ।
युग परिवर्तन सुरुवातको अाजको दिन नेपाली ईतिहासमा स्वर्णिम दिन हो । महान् जनवादी क्रान्ति जनयुद्धको सफलता, हामी अाजको राजनीतिक तथा सामाजिक अवस्थामा उभिएका छौँ । नेपाली जनतालाई राजनीतिक रुपमा अधिकार सम्पन्न, सामाजिक रुपमा विभेद रहित, अार्थिक रुपमा तल्लो वर्गको जीवनमा परिवर्तन र राष्ट्रिय स्वाधिनतासहित समुन्नत तथा समृद्ध नेपालको हाम्रा लक्ष्य धेरै पूरा भएका छन्, बाँकि समाजवादी क्रान्तिका माध्यामबाट पूरा हुँदै जानेछन् । हाम्रो बाटो फेरिएका छन्, लक्ष्य फेरिएका छैनन् ।
यहिं संकल्पका साथ, २३ अौँ जनयद्ध दिवसको गौरवमय अवसरमा महान सहिदहरुप्रति उच्चसम्मानकासाथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ता योद्धा, घाईते अपाङग योद्धा र जनयुद्धामा सहभागी सम्पूर्ण योद्धाहरुमा सम्मान व्यक्त गर्दछु । र, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी-बहिनी तथा दाजुभाईहरु र विश्वभरका श्रमजीवि वर्गमा बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

वर्षमान पुन ‘अनन्त’