You are here
Home > प्रशासन > बलाधिकृत रथी पूर्णचन्द्र थापा आजदेखि नेपाली सेनाको कायममुकायम प्रधानसेनापति

बलाधिकृत रथी पूर्णचन्द्र थापा आजदेखि नेपाली सेनाको कायममुकायम प्रधानसेनापति

२४ श्रावण २०७५, बिहीबार १६:५८

काठमाण्डौ-बलाधिकृत रथी पूर्णचन्द्र थापाले आजदेखि नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिका रुपमा नेपाली सेनाको कमाण्ड समालेका   छन्।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार एक कार्यक्रमबीच विशेष समारोहमा बलाधिकृतरथी थापालाई नेपाली सेना बुझबुझारथ गरेको हो ।आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुरुप प्रधानसेनापति क्षत्रीले कमाण्ड हस्तान्तरण गरेका हुन।

बलाधिकृतरथी थापाले भदौ २३ गतेदेखि नेपालको ४३ औं प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हाल्ने छन्। बलाधिकृत थापा विसं २०१७ भदौ २५ गते लमजुङमा जन्मिएका हुन् भने  विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटको रुपमा सेनामा प्रवेश गरेका थिए ।

  • 1
    Share