You are here
Home > बिचार/अन्तरबार्ता > बर्षमान पुन “अनन्त”को अधुरा काम पुरा गर्न मेरो उम्मेदवारी- लाल कुमारी पुन “सुशिला”

बर्षमान पुन “अनन्त”को अधुरा काम पुरा गर्न मेरो उम्मेदवारी- लाल कुमारी पुन “सुशिला”

२४ कार्तिक २०७४, शुक्रबार ०७:३२

आगामी मङ्सिर २१गते हुनगईरहेको प्रतिनिधि तथा प्रदेश सभा निर्बाचनमा  संयुक्त बाम गठबन्धनको तर्फबाट ललितपुर को १ “क” बाट प्रदेश सभा निर्बाचनमा उम्मेदवारी दिनुभएका लाल कुमारी पुन “सुशिला “संग नेपाल न्युज डट प्रेसका मिलन जीले गर्नु भएको कुराकानीको सम्पादित अंश

तपाइको राजनीतिक पृष्ठभूमि को बारेमा बताउनुहोस न ? 

मेरो जन्म रोल्पा जिल्लामा भएको हो, जुन राज्य द्वारा अपहेलित जिल्ला मध्य एकमा पर्छ,जहाँ राज्यको कुनै प्रकारको अनुभब गर्न समेत गाह्रो थियो त्यसैको फलस्वरूप नेपाली क्रान्ति र परिबर्तनको बिगुल यसै जिल्लाबाट फुकिएको थियो / जहाँ सम्म राजनीतिक पृष्ठभूमिको कुरा गर्नु पर्दा मेरो सम्पूर्ण परिवार नै परिबर्तनको  खातिर क्रान्तिमा होमिनु भएका थिए, मैले पनि राजनीतिक चेतना र शिक्षा उहाँहरूबाट नै प्राप्त गर्न सके र म पनि त्यस  क्रान्तिमा सहभागी भए / मैलेपनि  बिद्यालय स्तरको आफ्नो पढाईलाई त्याग्दै देश जनताको बिकाश र अधिकारको लागि भन्दै विभिन्न मोर्चाहरूमा सहभागी भए ,मैले सुरुमा जनकलकारको रुपमा भूमिका निर्बाह गरें भने पछी स्वास्थ्य विभागमा  कार्य गरें / मेरो पहिलो फौजी आक्रमण सहभागी भनेको अछाम कारबाही नै हो,जहाँ हालका सम्माननीय उप रास्ट्रपति नन्द बहादुर पुन,बर्ष मान पुन अनन्त ,पोस्ट बहादुर बोगटी,शक्ति बस्नेत,लगाएतका कमान्डरहरु   सहभागी थिए / मैले   त्यसपछी भने पार्टीले खटाएका विभिन्न विभागमा बसी काम  गरें  /

एउटा युद्धको मोर्चाबाट ललितपुरसंग कसरी जोडिनु भो ?

कमुनिष्टहरू भनेको संसार भरिका एक हौ,संसारको कुनै पनि ठाउमा गएर जनताको सेवा गर्न सक्छन /  तेसै सिलसिलामा म पनि पार्टीको निर्देशन बमोजिम  कार्य गरें जसमा म ललितपुरमा खातिएँ / ललितपुर अहिले महानगरपालिका भएको छ पहिले उप महानगरपालिका थियो तेस्तै कार्य विनायक नगरपालिका दुवैलाई  कार्यक्षेत्र बनाएर  त्यको इन्चार्ज भएर काम गरें /  बिशेस  गरेर भूकम्पको समयमा पार्टी को तर्फ बाट प्रतिनिधित्व गर्दै करिब १ महिना सम्म राहत उद्धार लगाएतका कामहरू गरियो / पार्टीको निर्देशन बमोजिम कार्य क्षेत्र जाने क्रममा नै म ललितपुरसंग बिशेष रुपले जोडिन पुगें /

ललितपुर १ क मा माओबादी केन्द्रका आकांक्षी धेरै हुँदा हुँदै पनि तपाईको उम्मेदवारी मनोनयन हुनाका कुनै कारण छ ? 

कम्युनिष्ट पार्टीका कुनै पनि सदस्यले आफुलाई योग्य र सक्ष्यम ठान्दछन यो कसैले भुल्न हुँदैन  बिबिध कोण बाट घनी भुत छलफल गरि जिल्ला कमिटि बैठकबाट निर्णय गरेको  हो  /  प्रतिनिधि सभामा  हरि दाहाल तथा भर्खरै कांग्रसबाट हाम्रो पार्टीमा प्रवेश गर्नु गणेश केसी साथै मेरो नाम सिफारिस गरि त्यसैलाई निर्णयार्थ केन्द्र पठाएका हौ /  पार्टी केन्द्रले पनि त्यसैलाई सदर  गरेको हो /

माओबादी केन्द्रक प्रभावशाली नेता बर्षमान पुन अनन्तको बहिनि भएकै कारण तपाईले  टिकट पाएको भन्छन नि ?

यो कुरा मैले पनि सुन्दै आएको छु म लाल कुमारी पुन सुशिला हुँ ,मेरो यो देशको परिबर्तनमा रगत र पसिना बगेको छ मेरो पनि योगदान छ मा पनि सक्ष्यम छु भन्ने कुरा बुझिदिनमा सबैमा अनुरोध गर्न चाहन्छु /मेरो  आफ्नै इतिहास छ देश प्रति गरेको योगदान को कृपया मेरो योगदानको इतिहास पनि खोजी दिनु होला  भन्न चाहन्छु यो संग संगै क अनन्तले  सुरु गर्नु भएको ललितपुर को विकास का गतिलाई मैले पुरा गर्नु छ जुन अस्थिर सरकार लगाएतका बिबिध कारणले पुरा हुन नसकेका कामहरू अब मेरा पहिलो प्राथमिकतामा पर्छन यी काम पुरा गर्न पनि ललितपुर का जनताले लाल कुमारी पुन सुशिलालाई जिताउन जरुरि छ / किन कि उहाँले सुरु गर्नु भएकोकामहरू त्यस पछिका नेताहरुले त्यति वास्ता गरेको देखिदैन /

ललितपुर नै रोज्नुका कारण के छ ?

मेरो पार्टीले तोकेको कार्यक्षेत्र १० बर्ष पहिले देखिनै ललितपुर नै भएको कारण साथै मैले ललितपुरका जनताको इच्छा आकंक्ष्या र आबश्यकता मैले बुझेको छु,म ललितपुरको कुना कुना सम्म पुगेको छु भने भावनात्मक रुपमा पनि म ललितपुरसंग नजिकिएको छु साथै ललितपुरको समग्र बिकाश कसरी गर्न सकिन्छ भन्ने कुरा चाही मलाई अरु भन्दा  बढी अनुभब र योजना भएको कारण मैले ललितपुरलाई रोजेकी हु / साथै मैले अगी पनि भने मेरो दाजु बर्षमान पुन अनन्तले सुरुवात गर्नु भएको ललितपुरको विकास अब मैले तेस्लाई पूर्णता दिनु छ/ त्यसै को लागे पनि मेरो उम्मेदवारी तथा रोजाई ललितपुर नै भएको हो /

तपाइको खास चुनाबी एजेन्डा के छ ?

चुनाबी एजेंडा ठुला ठुला बनाएर केहि हुने वाला छैन किन कि बिकास  निर्माणका काम जनताले अनुभूत गर्न सक्ने खालको हुनु पर्छ, मेरो मान्यता यो हो /मैले  अगी पनि भने ललितपुरको जनताको आबश्यकता र भौगोलिक अवस्था  अनुसारको बिकास  निर्माणका कार्यहरूलाई स्थानीय जनता र सरोकार वाला निकाएहरूसंगको समन्वय र सहकार्यमा ललितपुरका जनताको जिबन स्तर संग जोडिएका सम्पूर्ण कार्यहरू जस्तो शिक्षा स्वास्थ्य यातयात लगाएतका तमाम बिषयहरू छन् जुन ललितपुरका दुर्गम क्षेत्रमा  बसोबास गर्ने जनताको पहुंचा सम्म पुर्याउने छु,मेरो प्रतिबद्दता भने कै यहि हो /

बाम गठबन्दनको जित को अधार के छ ? 

ललितपुर कम्युनिष्टहरू पकट क्षेत्र हो ,बिचमा केहि मतभेदका कारण केहि समस्या थियो अहिले हामी एक ठाउमा छौं यो हिसाबले नै हाम्रो जित को पहिलो आधार हो / भोट गन्तिको हिसाबले पनि हामी निकै अगाडी छौं र ललितपुरको समग्र विकास बम गठबन्धनबाट नै सम्भब छ भन्ने कुरा ललितपुरका मतदाताहरुले बुझिसकेका छन् / त्यसैले लितपुरको सबै प्रतिनिधि र प्रदेश सभामा जित सुनिस्चित देखिन्छ /

बाम गठबन्दनलाई भोट किन दिने ?

हामी कम्युनिष्टहरू अहिले एकै ठाउँमा आएका छौ ,हामीसंग देश बिकास गर्ने  परिबर्तन गर्ने  , साथै समाजबाद सम्म पुग्ने हाम्रो एजेन्डा छ ,जनताको जिबन संग जोडिएका समग्र एजेन्डा हामी संग छ, कुरा हैन काम गर्ने हामी संग इच्छा शक्ति र सहस छ,तेसैले तपाईहरू को अमुल्य मत बाम गठबन्धनलाई दिन जरुरि छ /