You are here
Home > खेलकुद > फ्रान्स बन्यो विश्व बिजेता,फाइनल खेलमा ४-२ गोल अन्तरले हार्यो क्रोएसिया .

फ्रान्स बन्यो विश्व बिजेता,फाइनल खेलमा ४-२ गोल अन्तरले हार्यो क्रोएसिया .

३२ असार २०७५, सोमबार १०:४३

पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई पराजित गर्दै फ्रान्सले दोस्रो पटक फिफा विश्वकपको उपाधि जितेको छ। हिजो सम्पन्न विश्वकप २०१८ मा फ्रान्सले क्रोएसियालाई ४-२ ले पराजित गर्दै २० वर्षपछि उपाधि जितेको हो।

फ्रान्सको जितमा एन्टोनी ग्रीजमन, पउल पोग्बा र किलिएन एमबाप्पेले एक-एक गोल गरे भने मारियो मान्डुकिचले आत्मघाती गोल उपहार दिए। पहिलो पटक विश्वकप फाइनल खेलेको क्रोएसियाकोलागि इभान पेरिसिक र मान्डुकिचले गोल गरे।

 

यसले पछिल्लो दुई दशकमा फ्रान्सलाई विश्वकपको सर्वाधिक सफल टोली बनाएको छ। सन १९९८ मा घरेलु भूमिमा भएको १६औँ विश्वकपमा ब्राजिललाई ३-० ले पराजित गर्दै पहिलो पटक उपाधि जितेको प्रान्सले २००६ मा पनि फाइनलसम्मको यात्रा तय गरेको थियो। तर इटालीसँग पेनाल्टीसुटआउटमा पराजित भएपछि फ्रान्स उपविजेतामै चित्त बुझाउन बाध्य भएको थियो ।

२० वर्षपछि फ्रान्सले उपाधि जित्दा सन् १९९८ मा कप्तान रहेका डिडिएर डेसच्याम्पस नै प्रशिक्षकको भूमिकामा रहे। उनी यस्तो सफलता हात पार्ने मारियो जागोलो र फ्रान्स बेकनबाउर पछि तेस्रो व्यक्ति बनेका छन्।

 

  • 39
    Shares