You are here
Home > समाचार > प्रमुख निर्वाचन आयुक्त यादवको घरमा बम बिस्फोट

प्रमुख निर्वाचन आयुक्त यादवको घरमा बम बिस्फोट

९ बैशाख २०७५, आईतवार २१:३८

मदन कुमार गाैतम काठमाडौं, ९ बैसाख 

निर्वाचन अायाेगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम बिस्फोट भएको छ ।

ललितपुरको हात्तीवनस्थित यादवको घरमा बम बिस्फोट भएको हो ।

आइतवार साँझ ७ः५० बजेतिर यादवको घरमा बम बिस्फोट भएको हो । प्रत्यक्षदर्शीले बिस्फोटको ठूलो आवाज आएकाे बताएका छन् । प्रहरी घटनास्थलमा पुगेको बताइए पनि क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन ।

यद्यपि यादवका छिमेकीहरुले भने बम बिस्फोटबाट घरको बाहिरी भित्तामा सामान्य क्षति पुगेको जनाएका छन् ।

घटना किन र कसले भन्ने बारेमा पुस्टिहुन सकेकाे छैन ।