You are here
Home > Front News > प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई होस पुर्‍याएर बोल्न र काम गर्न निर्देशन

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई होस पुर्‍याएर बोल्न र काम गर्न निर्देशन

२१ पुष २०७५, शनिबार ११:५९

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसहित यो सरकारका मन्त्रीहरु विरुद्ध धेरै षडयन्त्रहरु भइरहेको भन्दै जोगिएर काम गर्न निर्देशन दिएका छन् । मन्त्रिपरिषदको पछिल्लो बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई होस पुर्‍याएर बोल्न र काम गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको भनाइ उधृत गर्दै एक मन्त्रीले भने-अहिले हाम्रोविरुद्ध निकै ठूलो षडयन्त्र भइरहेको छ । कुनै गल्ती नै नगरे पनि कहाँबाट सिध्याउने भनेर केही शक्ति र मान्छे लागेका छन् । कुनै पनि बेला फसाउन सक्छन् त्यसैले बोल्दा, निर्णय गर्दा वा हरक कदम चाल्दा होस् गर्नुस् । केही गल्ती नगरे पनि मान्छेहरु सिध्याउन लागेका छन् ।