You are here
Home > समाचार > प्रधानमन्त्रीले पनि सर्वसाधारणलाई टीका लगाइदिने

प्रधानमन्त्रीले पनि सर्वसाधारणलाई टीका लगाइदिने

३१ आश्विन २०७५, बुधबार १७:४९

वडादशैंको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

राष्ट्रपति र पूर्वराजाले मात्र टीका लगाइदिन्थे । यो पटक भने प्रधानमन्त्रीले पनि घोषित रुपमा टीका लगाइदिन लागेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ओलीले विहान शुभसाइतमा बुबा मोहनप्रसाद ओलीबाट टीका ग्रहण गर्नेछन् । दिउँसो १ बाट राष्ट्रपति विद्या भण्डारीबाट टीका ग्रहण गर्न जाने कार्यक्रम तय भएको छ ।