You are here
Home > समाचार > प्रदेश २ को सरकारबाट राजपा फिर्ता हुन्छः महासचिव सुमन !

प्रदेश २ को सरकारबाट राजपा फिर्ता हुन्छः महासचिव सुमन !

२३ जेष्ठ २०७५, बुधबार १८:५३

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेश सभा सदस्य मनिष सुमनले प्रदेश २ को सरकारबाट फिर्ता हुने बताएका छन् ।

प्रदेश २ मा संघीय समाजवादी फोरम नेपालको नेतृत्वमा सरकार गठन भएको छ । फोरम नेपाल केन्द्र सरकारमा सहभागी भएपछि महासचिव सुमनले प्रदेेश सरकारबाट आफूहरु फिर्ता हुने स्पस्ट पारेका हुन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता सुमनले मधेश आन्दोलनको भावना विपरीत उपेन्द्र यादव सरकारमा गएको आरोप लगाए । उनले नेकपा र फोरम नेपालबीच भएको दुई बुँदे सहमति सत्तामा चढ्ने सिँढीमात्रै भएको दावीसमेत गरेका छन् ।

उनले यही जेठ २५ गते बस्ने पार्टीको राजनीतिक समितिको बैठकबाट प्रदेश नम्बर २ को सरकारबाट अलग हुने र केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए । ‘ढटुँवा कम्युनिस्टहरुलाई हामी समर्थन गर्दैनौं, त्यसैले २५ गतेको बैठकबाट ढटुँवा कम्युनिस्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्छौं ।’ उनले भने ।

नेकपाले राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको निर्वाचन र सभामुखको निर्वाचनमा संविधान संशोधन गर्छौ हामीलाई मत दिनुहोस् भनेर ढाँटेको बताउँदै उनले अब ढटुँवा कम्युनिस्टहरुलाई दिएको समर्थन जारी नरहने स्पष्ट पारे ।

  • 6
    Shares