
स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार , सहरदेखि गाउसम्म ब्यापार बिस्तार भन्ने मूल नारा सहित रुपन्देही ब्यापार संघको आयोजनामा यहि पौष ६ गते देखि १८ गते सम्म लुम्बिनी एक्स्पो २०७५ अन्तरास्ट्रिय ब्यापार मेला हुने भएको छ।
बिशेस पत्रकार सम्मेलन गर्दै ब्यापार संघका अध्यक्ष तथा संयोजक पदम प्रसाद श्रेष्ठले ब्यापार मेलाको बारेमा जानकारी दिएका हुन्। बुटवलमा हुने यस्तो मेलाको रौनक ज्यादै रमाइलो र आकर्षक हुने हुनाले पनि यो मेलाले स्थानिय तथा रास्ट्रिय ब्यापार र उत्पादित बस्तु तथा सेवाको प्रबर्धनमा बिशेस जोड दिने आयोजकको दावी छ । ५० करोडको कारोबार लक्ष्य राखिएको सो मेलाको तयारि तिब्र रुपमा अगाडी बढेको छ ।
यसपालिको मेलामा भारत, चिन, पाकिस्तान र बंगलादेशका पनि विभिन्न उत्पादित बस्तु तथा सेवासंगै दैनिक उपभिओग्य बस्तु , साना तथा घरेलु उत्पादन , जडिबुटी , कृषि उत्पादन , औधोगिक, मेसिनरी तथा उपकरण , हस्तकला , अटोमोबाइल्स , इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल , मोबाइल सुचना प्रबिधि , टेक्सटाइल गार्मेन्ट तथा फ़ुटवय़र , फर्निचर तथा फर्निशिंग , निर्माण सामग्री शैक्षिक स्वास्थ्य बैंक तथा बित्तिय सस्था र होटल तथा रेस्टुरेण्ट गरि करिब ६ सय स्टल रहने आयोजकले बताएको छ।
रुपन्देही व्यापार संघ मुख्य आयोजक रहेको यो मेलामा आयोजकको रुपमा नेपाल चेम्बर अफ कमर्स काठमाडौं, सह–आयोजकमा तिलोत्तमा व्यापार संघ, देवदह व्यापार संघ र सैनामैना व्यापार संघ तथा मेलाकोे प्रवद्र्धकमा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय प्रदेश नं ५, भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ललितपुर, नेपाल पर्यटन बोर्ड काठमाडौं, जिल्ला समन्वय समिति, रुपन्देही र बुटवल उपमहानगरपालिका रहेको छ ।एक्पोमा विभिन्न संस्कृतिक कार्यक्रम समेत हुनेछन् ।
- 8Shares