You are here
Home > कला > पोर्चुगलमा हुन् लागेको कराँते अाेपन लिस्वनमा नेपालबाट हिक्मत घर्तीमगर

पोर्चुगलमा हुन् लागेको कराँते अाेपन लिस्वनमा नेपालबाट हिक्मत घर्तीमगर

१३ मंसिर २०७४, बुधबार २१:४९

पोर्चुगल |

पोर्चुगमा हुन् लागेको कराँते अाेपन लिस्वनमा नेपालबाट हिक्मत घर्तीमगर सहभागी भएको छ । पोर्चुगलको राजधानी लिस्वनमा डिसेम्बर ०१ मा सम्पन्न हुन लागेकाे कराँते अाेपन लिस्वन २०१७ मा नेपाली कराँते खेलाडी हिक्मत घर्तीमगरले सहभागिता जनाउने भएका छन्।

घर्तीमगरले कुमेटी ६७ केजी तौल समुह र एकल काता तर्फ प्रतिस्पर्धा गर्दैछन्। कुमेटी र कातामा अब्बल मानिने घर्तिमगरले दोस्रो युरोप कराँते नोमिचि प्रतियोगितामा काता तर्फ रजत पदक हात पार्दै इटालीबाट कराँतेमा डिप्लोमा पास गरेका थिए ।

हिक्मतले सन २०१४ जर्मनी मा सम्पन्न अन्तर्राष्ट्रिय जर्मन वादो कपमा ५५ केजी ताैल समुह कुमेटी नेपालीलाई रजत पदक दिलाएका थिए | सन २०१४ मै बेल्जियमा सम्पन्न भएको प्रथम गेन्त सिटी अन्तर्राष्ट्रिय बुदो कराँते कपमा ६० केजी ताैल समुहमा क्यूबाका खेलाडीलाई फाइनलमा हराउँदै नेपाललाई स्वर्ग पदक दिलाएका थिए।

फ्रान्सकाे चार्ल्स डे गौल्ली शहरमा सम्पन्न भएकाे केड्लु एफ अन्तर्राष्ट्रिय कराँते प्रतियाेगीतामा ५५ केजी देखि ६२ केजी ताैल समुह कुमेटीमा रजत पदक तथा व्यतिगत ६७ केजी काता तर्फ स्वर्ग पदक दिलाएका घर्तीमगरले जर्मनकाे हम्बुर्ग शहरमा सम्पन्न भएकाे एल्बी कप अन्तर्राष्ट्रिय कराँते कपमा काता तर्फमा पनि कास्य पदक पाएका हुन् |

घर्तीमगरले यसपटक कुमेटी ६७ केजी ताैल समुह तर्फ पहिलाे खेलम‌ै पोर्तुगिस खेलाडी विराअा डानिएलकाे सामाना गर्नुपर्ने छ। विराअा डानिएल सन २०१७ जनवरीमा फ्रान्समा भएकाे अाेपन डि पेरिस २०१७ का स्वर्ग पदक बिजेता हुन ।

कुमेटी ६७ केजी ताैल समुहलाई दुई तालिका समुहमा विभाजन गरीएकाे (तालिका समुह१)र(तालिका समुह२) १६/१६ खेलाडी गरी ३२ खेलाडी छन् । कम्तीमा पनि स्वर्ग पदककाे लागि पनि पाँच खेल जित्ननै पर्न छ।

लिस्बनमा हुन्लागेको खेलमा नेपाल लगायत फ्रान्स, जर्मनी,स्कटल्याण्ड,स्पेन,अङगाेला, लुथुनिया, इटाली, नेदरल्यान्ड, युक्रेन, इङ्ल्यान्ड, स्विट्जरल्याण्ड, लक्जमबर्ग, अन्डोर्आ र अायाेजक देश पोर्चुगलगरी १५ देशका १०३१ जना देशका खेलाडीहरुले भाग लिनेछन् ।

  • 1K
    Shares