You are here
Home > कला > पोखरामा मोडलिङ मोह उकालो लाग्दै

पोखरामा मोडलिङ मोह उकालो लाग्दै

२१ भाद्र २०७४, बुधबार ०२:०७

पोखरा |

पोखरामा पहिलोपटक मोडलिङ प्रस्तिस्पर्धा हुने भएको छ । रमाइलो छ प्रालिले गर्न लागेको ‘फेस अफ फेशन’ मोडलिङ प्रतिस्पार्धाको शनिबारको दिन पहिलो अडिसन सुरु भएको हो ।

पहिलो अडिसन बाट १२ जना छनौट भएका छन् । ‘यस्तो किसिमको प्रतियोगिता पोखरामा अहिलेसम्म भएको छैन’ पत्रकार मनोज घर्ती मगरको भनाई छ | अर्का प्रबन्ध निर्देशक अञ्जन श्रेष्ठले भने,‘पोखरामा हुने विभिन्न प्रतियोगिताभन्दा यो फरक कार्यक्रम हो ।’ प्रतियोगितमा १५ युवा र १५ युवती छनोट गरिनेछ ।

आयोजकका अनुसार  ‘फेस अफ फेशन’मा युवतीतर्फ एक र युवातर्फ एक जना बिजेता तथा उपबिजेता एक एक जना गरिने र बिजेताले नगद र विभिन्न गिफट् ह्याम्पर पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले पनि नगद र अन्य गिफ्ट पुरस्कार पाउनेछन् ।

प्रतियोगितमा एसएलसी उत्तिणर््ा, ५ फिट भन्दा बढी उचाइ भएका युवती र ५ फिट ४ इन्च उचाई भएका युवा–युवतीले प्रस्पिर्धामा सहभागी हुन पाउने र १६ देखि २५ वर्ष उमेर समुहका युवायुवतीले भाग लिन पाउने साथै प्रतियोगीतामा मोडलहरुलाई स्पेशल पहिरनको व्यवस्था पोखराको गैह्रापाटनस्थित स्यारोन् बुटिकले गर्नेछ । त्यस अवसरमा ड्रेस डिजाइनरको समेत प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको अनलाइन मिडिया पार्टनरमा डुटे पोखरा डटकम रहेको कार्यक्रममका सहसंयोजक लविस गुरुङले बताउनुभयो ।

अडिसनको निर्णायकमा पत्रकार मनोज घर्तीमगर, डा. राजेन्द्र मानन्धर, मिस लियो फस्ट रनर अप सेल्ताज कुँवर छन् । दोस्रो चरणको अडिसनपछि विभिन्न राउण्डबाट बढीमा ३० प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिने छ । अन्तिम प्रतिष्पर्धामा छनोट भएका प्रतियोगीहरुको ग्राण्ड फिनाले असोज २८ गते पोखरा सभागृहमा हुनेछ ।