You are here
Home > समाचार > पहिरोमा २ घर पुरिंदा ९ को मृत्यु,अझै केहि हराइरहेको आशंका

पहिरोमा २ घर पुरिंदा ९ को मृत्यु,अझै केहि हराइरहेको आशंका

२० श्रावण २०७५, आईतवार १३:१७

जाजरकोट-अविरल वर्षाका कारण गएराति जाजरकोटको सदरमुकाम खलङ्गामा पहिरो जाँदा दुई घर पुरिएका छन्। पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु भएको छ।
जाजरकोट प्रहरीका अनुसार  तीर्थ बोहोरा र गोपाल सुनारको घर पुरेको हो ।  मृत्यु हुनेहरूमा

१.११ वर्षीय नविन परियार,

२.१३ वर्षीय नरेन्द्र परियार,

३.८ वर्षीय गोविन्द परियार,

४.८ वर्षीय दर्शक परियार

५.८ वर्षीया नज्मा बोहरा

६.२५ वर्षीय शितला लुहार

७.९ वर्षीया भगवती विक,

८.६ वर्षीया रञ्जना विक,

९.३ वर्षीया मनिषा विक

मृतक शितलाका श्रीमान ३१ वर्षीय लालबहादुर लुहारसमेत घाइते  भएका छन्। उनको जिल्ला अस्पताल जाजरकोटमा उपचारका लागि पठाइएको छ।  ती घरमा बाटो हिँड्ने बटुवासमेत बास बसेको स्थानीयले बताएका छन् भने ति  घरहरुमा अझै केही पुरिएको हुन सक्ने आंशका गरिएको छ। उनीहरुको उद्दार कार्य जारी छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली खटिइएको छ।

  • 9
    Shares