You are here
Home > राजनीति > “नेपाल कम्युनिष्ट पार्टी”को दस्ताबेज लेखन कार्य सुरु

“नेपाल कम्युनिष्ट पार्टी”को दस्ताबेज लेखन कार्य सुरु

१३ फाल्गुन २०७४, आईतवार १४:१५

पार्टी एकताको तयारीमा रहेका एमाले–माओवादी केन्द्रले भोलिदेखि सैद्धान्तिक प्रतिवेदन कार्य सुरु गर्ने भएका छन्। माधव नेपाल संयोजकत्वको बैचारिक दस्तावेज निर्माण सम्बन्धी आजको बैठकले भोलिसम्म दुबै पार्टीका सबै दस्तावेज संकलन गरेर दस्तावेज लेखन कार्य सुरु गर्ने निर्णय गरेको हो।

माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालयमा बसेको बैठकले संयुक्त दस्तावेज लेखनका लागि ४ सदस्यीय उपसमितिको निर्माण समेत गरेको छ। उपसमितिमा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र देव गुरुङ सदस्य छन् भने एमालेबाट भीम रावल र प्रदीप ज्ञवाली सदस्य छन्  / बैठकले दुबै पार्टीका सबै दस्तावेज भोलिसम्म संकलन गरेर अध्ययन गरी प्रतिवेदन लेखन कार्य सुरु गर्ने निर्णय गर्दै संकलन गर्नुपर्ने दस्तावेजहरुको सूची समेत तयार पारेको छ। आगामी २५ फागुनको समससीमा भएकाले त्यसै अवधिभित्र प्रतिवेदन तयार गरिसक्ने निर्णय भएको हो / भने कार्यदलको अर्काे बैठक १७ फागुनमा बस्ने भएको छ।