You are here
Home > समाचार > नेपाल कम्युनिष्ट पार्टीको ६ बुँदे घोषणापत्र जारी, तत्कालीन कार्यक्रम ‘जनताको जनवाद’ (घोषणा पत्र सहित) !

नेपाल कम्युनिष्ट पार्टीको ६ बुँदे घोषणापत्र जारी, तत्कालीन कार्यक्रम ‘जनताको जनवाद’ (घोषणा पत्र सहित) !

३ जेष्ठ २०७५, बिहीबार २२:२४

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल  कम्युनिष्ट पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने भएको छ।

दुई पार्टीले बिहीबार एकताको घोषणा गरेका छन् भने निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् ।

एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले २१ औं सताब्दीको जनवाद भन्दै आएको थियो । पार्टी एकताको ६ बुँदे घोषणापत्र पढ्दै गर्दै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने बताए ।

स्रोतका अनुसार एमालेले भन्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीको माओवाद दुवैलाई आगामी महाधिवेशनसमा बहसमा लगिने भएको छ ।

अहिले अघि सारिएको समाजवाद उन्मुख जनताको जनवादको अन्तरवस्तु भने जबज र एक्काइसौं शताव्दीको जनवादबाटै लिइएका छन् । नाममा विवाद हुनेभएपछि बहुदलीय भन्ने शब्द हटाएर जनताको जनवाद भनिएको हो ।