You are here
Home > राजनीति > निर्वाचन आयोगले गृहमन्त्रालयालाई असोज २ सार्वजनिक बिदा मिलाउन आग्रह

निर्वाचन आयोगले गृहमन्त्रालयालाई असोज २ सार्वजनिक बिदा मिलाउन आग्रह

१९ भाद्र २०७४, सोमबार १५:०१

काठमाडौँ ।
असोज २ गते सार्वजनिक बिदा मिलाउन गृहमन्त्रालयलाई निर्वाचन आयोगले आग्रह गरेको छ । तोकिएका निर्वाचनमा अधिकांश मतदान केन्द्रमा सार्वजनिक एवं संस्थागत विद्यालय शैक्षिक संस्थामा रहेकाले भदौ २९ देखि असोज २ सम्म सार्वजनिक बिदा दिन व्यवस्था मिलाउन आयोगले आग्रह गरेको हो।

निर्वाचन आयोगले प्रदेश नम्बर– २ मा हुने स्थानीय तह निर्वाचनका असोज २ गते निर्वाचन हुने आठ जिल्लमा सार्वजनिक एवं संस्थागत विद्यालयमा भदौ २९ गतेदेखि असोज २ गतेसम्म पाँच दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई आग्रह गर्ने निर्णय पनि गरेको छ।

डा :अयोधीप्रसाद यादवको अध्यक्षतामा सोमबार बसेको बैठकले तेस्रो चरणको स्थानीय तहको निर्वाचन हुने सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटका सबै सरकारी तथा अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानहरूमा असोज २ गते सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन गृहमन्त्रालयसँग आग्रह गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

तेस्रो चरणको स्थानीय तहको निर्वाचन हुने जिल्लामा मतदान केन्द्र तोकिएका गाउँपालिका तथा नगरपालिकाका, वडा कार्यालय, स्वास्थ्य चौकी, कृषि सेवा केन्द्रलगायतका सार्वजनिक भवन र परिसर उपलब्ध गराइदिनसमेत आयोगले निर्णय गरेको छ ।