You are here
Home > Front News > निर्मलाका बुवाआमा आजदेखि धर्नामा

निर्मलाका बुवाआमा आजदेखि धर्नामा

२५ कार्तिक २०७५, आईतवार १२:०६

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बुवाआमा आइतबारदेखि अनिश्चितकालीन धर्ना बस्ने भएका छन्।

छोरीका बलात्कारी र हत्यारालाई पत्ता लगाउन दबाब दिनका लागि जिल्ला प्रशासन कार्यालयमा आजदेखि धर्ना बस्न लागेको निर्मलाका बुवा यज्ञराज पन्तले बताए।

‘हाम्री छोरी मारिएको तीन महिना बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाउन सकेन। झन् प्रधानमन्त्री हत्यारा पत्ता लगाउन १२ वर्ष पनि लाग्छ भनिरहनुभएको छ,’ निर्मलाका बुवा यज्ञराजले सेतोपाटीसँग भने, ‘कहिँ गएर पनि न्याय नपाएपछि आजित भएर धर्ना बस्न लागेका हौं।’

१३ वर्षीया निर्मलाको गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव भेटिएको थियो।

उनको बलात्कार र हत्या कसले गर्‍यो भन्ने कुरा अझै रहस्यमय छ।

यो अवधिमा प्रहरीले स्थानीय दीलिपसिंह बिष्टलाई दोषी बनाएर पक्राउ गरे पनि उनको डिएनए र निर्मलाको शवबाट लिइएको भेजाइनल स्वाबको डिएनए नमिलेपछि उनी रिहा भएका छन्।

गृह मन्त्रालयले बनाएको उच्चस्तरीय छानबिन समितिले घटनाको सुरूदेखि नै प्रहरीले प्रमाण नष्ट गरेको र अनुसन्धानमा लापरबाही गरेको रिपोर्ट दिएको छ। सोही रिपोर्टका आधारमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख रहेका एसपी दिल्लीराज बिष्टलाई सेवाबाट बर्खास्त गरिएको छ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ।

साभार : सेतोपाटि

  • 7
    Shares