You are here
Home > कला > नायिका रिमालाई छाडे पतिले

नायिका रिमालाई छाडे पतिले

२४ मंसिर २०७४, आईतवार ०९:५३

काठमाडौं ।

दुई वर्षअघि प्रेम विवाह गरेका रोबर्ट विक र रिमा विश्वकर्माबीचको दाम्पत्य जीवन अलग भएको हो । दुई हप्ताअघि उनीहरुबीच सम्बन्ध विच्छेद भएको हो ।

शुक्रबार मोरङकी बर्षासँग इन्गेजमेन्ट गरेका रोबर्ट शनिबार बिहानै बेलायत प्रस्थान गरेका छन् । रोबर्ट विक र रिमा विश्वकर्माबीचको सम्बन्ध विच्छेद भएलगत्तै रोबर्टले बर्षा रसाइलीसँग विवाह गर्न तयारी गरेका छन् । उनीहरुबीच इन्गेजमेन्ट समेत भएको बताइएको छ ।

यता केही समयअघि देखि नै रिमा डिभोर्सको तयारीमा हुनु र सम्बन्ध विच्छेत भएलगत्तै रोबर्टले बर्षासँग इन्गेजमेन्ट हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

रोबर्ट र बर्षाबीचको प्रेम सम्बन्ध रहेको थाहा पाएपछि रिमा डिभोर्सको तयारीमा पुगेकी हुन् कि भन्ने अनुमान गरिएपनि यसबारे सत्य खुलेको छ्रैन । सम्बन्ध विच्छेदका बारेमा रिमाले पनि कुनै धारणा सार्वजनिक गरेकी छैनन्।