You are here
Home > कला > ‘नाका’ फिल्मको अफिसियल टिजर सार्वजनिक

‘नाका’ फिल्मको अफिसियल टिजर सार्वजनिक

२२ कार्तिक २०७४, बुधबार १६:०८

फिल्म ‘नाका’ को अफिसियल टिजर सार्वजनिक भएको छ। ग्याङ्स्टर कथामा आधारित फिल्मको टिजर यूटुबमार्फत सार्वजनिक गरिएको छ।

‘पशुपति प्रसाद’ फिल्मबाट ‘भष्मे डन’को रूपमा चर्चा बटुलेका अभिनेता विपिन कार्की टिजरमा नयाँ रुपमा देखिएका छन्। उनको हेयरस्टायल र शैली उनका अघिल्ला फिल्मभन्दा निकै भिन्न देखिएको छ।

अमित श्रेष्ठ निर्देशित फिल्मलाई अमितले नै लेखेका हुन् भने फिल्ममा अभिषेक सुवेदीको पटकथा छ। फिल्मलाई प्रविन टक्की कार्कीले निर्माण  गरेका छन्। बिपिनसँगै फिल्ममा थिन्ले लामो, रविन तामाङ, शिव मुखिया, प्रकाश गन्दर्भ, सुजन थापा मगर, राम भजन कमत, अभिषेक सुवेदी र केशव राई लगायतका कलाकारहरूको अभिनय छ।

फिल्म आगामी फागुन १७ मा प्रदर्शन हुने तयारीमा छ।