You are here
Home > Front News > नवलपुरको कावासोती ३ मा सात बर्षिय बालिका आफ्नै छिमेकीद्दारा बलात्कृत

नवलपुरको कावासोती ३ मा सात बर्षिय बालिका आफ्नै छिमेकीद्दारा बलात्कृत

३ मंसिर २०७५, सोमबार १६:२२

नवलपुर , मंसिर ३
बलात्कार बिरुद्द देश व्यापाी रुपमा आवाज उठिरहेको छ ।बलात्कारघटनाका खबर सार्वजनिक हुने क्रम बढिरहेको छ । कानुन र समाजले बलात्कार गर्नेलाई दण्डको भागीदार बनाए पनि मुलुकका विभिन्न भागमा यस्ता घटना बढिरहेका छन्।बलत्कार जस्तो जघन्य अपराधबाट नवलपुर जिल्ला पनि अछुतो रहन सकेको छैन ।बलात्कार बिरुद्द चर्को आवाज उठिरहेको बेला कावासोती ३ मा सात बर्षिय बालिका आफ्नै छिमेकीद्दारा बलात्कृत भएको घट्ना सार्वजनिक भएको छ । एक महिना अगाडी असोज २७ गते स्थानिय अन्दाजी ५० बर्षिय मोक्तान काईला भन्न्ो सोम बाहादुर तामाङले वालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।

दशै तिहारको बिदापछि मात्र घट्ना बाहिर आएको प्रहरीले बताएको छ ।स्थानिय जनविकास बिद्दाश्रम आधारभुत विद्दालयमा कक्षा दुईमा अध्यनरत बालिका तिहारपछि बिद्दालय आउदा अप्ठ्यारो अवस्थामा बसेको र हिडेको देखेपछि सोधपुछ गर्ने क्रममा घट्ना बाहिर आएको बिद्दालयस्रोतले जानकारी दिएको छ ।

बालिका र बालिकाका अभिभावकबाट घटनाबारे जानकारी पाएपछि बिद्दालयले प्रहरीमा उजुरी गरेपछि मात्र घट्ना बाहिर आएको र पिडित बालिकाको उपचार भएको जिल्ला प्रहरी कार्यलयका डिएस पी लिलाराज लामिछानेले जानकारी दिनुभएको हो ।

पिडित बालिकाको गुप्ताङ्ग र मलद्धारमा गहिरो चाट लागेको र बालिकाको अवस्था निकै नाजुक रहेकोले भरतपुर अस्पतालमा शल्यक्रिया गरि उपचार भइरहेको बिद्दालयका प्रधानाध्यापक प्रेम प्रसाद न्यौपानेले जानकारी दिनुभएको छ ।

प्रहरीमा उजुरी परेको थाहा पाएपछि फरार रहेका तामाङलाई आइतबार गैडाकोटबाट लुकेर बसेको अवस्थामा प्रहरीले प्रकाउ गरिे जवरजस्ती करणी ऐन अन्र्तगत मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।

पिडित बालिकाको शल्यक्रियापछि स्वास्थ्यमा सुधार आएको पारिवारिक स्रोतले बताएको छ ।
स्रोत:नवलपुर एफ.एम