You are here
Home > Front News > नवलपरासीमा बस दुर्घटनाः २५ घाइते, ४ को अवस्था गम्भीर

नवलपरासीमा बस दुर्घटनाः २५ घाइते, ४ को अवस्था गम्भीर

२६ कार्तिक २०७५, सोमबार ११:१२

बुटवल– आज विहान  नवलपरासीमा बस दुर्घना भएको छ । दुर्घटनामा परी २५  जना घाइते भएका छन । ४ जनाको अवस्था गम्भीर   रहेको प्रहरीले जनाएको छ ।

पुर्व–पश्चिम राजमार्ग अन्तर्गत गैडाकोट नगरपालिका–१४ अमरापुरीमा दाङ्गबाट काठमाडौका लागि छुटेको ना ६ ख ३९७३ नम्वरको बस विहान करिव २ बजेको समयमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा  परी दाङ्गको घोराही नगरपालिका–१५ का २८ बर्षिय होमबहादुर पोखरेल, सोही जिल्ला शान्तिनगर गाउँपालिका–१ का  एक बर्षिय वालक यनुष बिक , तुल्सीपुरका २४ बर्षिया लक्ष्मी बस्नेत, दाङ्गकै थिलकपुर निवासी  अन्दाजी ७० बर्षिया गंगी बिकको अवस्था गम्भीर रहेको पुर्बी नवलपरासीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

उनका अनुसार घाइते मध्ये १० जनाको अवस्था सामान्य रहेको छ । घाईतेहरुको भरपुरस्थि पुरानो   र नयाँ मेडिकल कलेजमा उपचार भई रहेको छ । प्रहरी प्रमुख थापाले लिएको पछिल्लो अपडेट अनुसार गम्भीर घाईतेहरुको अवस्था सुधार उन्मुख रहेको छ ।

  • 3
    Shares