You are here
Home > समाज > देबत्वको मृत्यु /

देबत्वको मृत्यु /

२६ पुष २०७४, बुधबार ०९:०६

           देबी प्रसाद ढकाल 

यो साल खुबै चिसो बढयो
तराइ र हिमालमा मान्छे मरे
हाम्रो नायकले भन्यो
चिसोले गर्दा मान्छे मरे

सुदुर पश्चिममा
देबता रिसाउलान भनेर
छाउगोठमा बसेकी किसोरी
बिहान नहुदै मरिसकिछ्न
हाम्रो नायकले भनायो
देबता रिसाएको ले मरिन

सुदुर पुर्बमा
सुत्केरी महिला मरिन
हाम्रो नायकले भन्यो
अत्यधिक रक्तस्रावले मरिन

जतिपनी अकाल मर्छ्न
ति सबका सबको कारण छ्न
मानौ हाम्रो नायक कारणहरुकै
एउटा अब्बल खानी हो।

आज सम्म
मैले नायकका जवाफहरुमा
प्रश्न गर्ने माहा नायकहरु
देखेको र भेटेको छैन

तर
एक दिन आउनेछ
नायकको नायकत्व
अनि भाग्य लेखी दिने
देबता ,ईश्वर ,परमात्माको
अल्लाह, यशु र बुद्धका बारेमा
प्रश्न गर्नेहरु जन्मनेछ्न

जब
अकाल मरेका लाशहरु
ज्युदा जाग्दा भएर उठेर
तिमिलाइ प्रश्न गर्न थाल्नेछ्न

म चिसोले मरे कि गरिबिले मरे?
म देबता रिसाएर मरे कि
तिम्रो कुसंस्कारले मरे?
म अत्याधिक रक्तस्रावले मरे कि
तिम्रो अब्यबस्थाले मरे?

हो यसरिनै जब
एक दिन उठनेछ्न
गाडिएका लाशहरु
त्यतिखेर मर्ने छ तिम्रो नायत्व

कम्जोर ठानिएका मृत्युहरु
एउटा प्रलयकारी जुलुसमा
मुर्कट्टा ,भुत ,प्रेत र पिचासहरुको
जब संगठित जुलुसमा बदलिनेछन
त्यतिखेर मर्ने छ तिम्रो देबत्व
हो त्यतिनै खेर मर्ने छ तिम्रो देबत्व।

साहित्यकार डिपी ढकाल माअाेबादी केन्द्र भक्तपुरका संयाेजक हुनुहुन्छ ।