You are here
Home > Front News > दु:खद खबर : कोरियामा एक नेपालीको सुतेकै अवस्थामा निधन ।

दु:खद खबर : कोरियामा एक नेपालीको सुतेकै अवस्थामा निधन ।

६ मंसिर २०७५, बिहीबार ११:४१

दक्षिण कोरिया, २१ नोभेम्बर । दक्षिण कोरियामा फेरि एक नेपालीको सुतेकै अवस्थामा निधन भएको छ ।
खोङ्जुसी खेरङ्म्यन क्षेत्रमा कार्यरत उदयपुर कटारीका दिपक कार्कीको निधन भएको हो ।

साझ कार्कीसँगै काम गर्ने साथीले बिहान ड्युटी जाने समयमा नउठेपछि बोलाउँन जाँदा उनी मृत भेटिएको बताइएको छ ।

इपिएस मार्फत ६ महिना अघि कोरिया आएका २१ बर्षीय कार्की घरको एक्लो छोरा हुन् भने उनको घरमा आमाबुवा र ४ जना दिदीबहिनी रहेको बताइएको छ ।

केहि समय यता कोरियामा थुप्रै अप्रिय घटना घट्ने क्रम बढिरहेकोले कोरियाका नेपालीहरू स्तब्ध छन् । २ हप्ता पहिले मात्रै एक नेपालीको मेसिनले च्यापेर मृत्यु भएको थियो
#खबर_एक्सप्रेस

  • 5
    Shares