You are here
Home > Front News > दरबारमार्ग वृत्तमा प्रचण्डका पिएसओ दान बहादुर मल्लले वृत्त प्रमुखको जिम्मेवरि सम्हालेका छन।

दरबारमार्ग वृत्तमा प्रचण्डका पिएसओ दान बहादुर मल्लले वृत्त प्रमुखको जिम्मेवरि सम्हालेका छन।

५ फाल्गुन २०७४, शनिबार १३:०९

दरबारमार्ग वृत्तमा प्रचण्डका पिएसओ दान बहादुर मल्लले वृत्त प्रमुखको जिम्मेवरि सम्हालेका छन ।

दरबारमार्ग वृत्तका डिएसपी तिलक भारतीलाई हटाएपछि वृत्तको इन्चार्ज रिक्त हुँदै आएको थियो।

सामूहिक बलात्कार घटनामा मिलापत्र गराउँदा डिएसपी भारतीको समेत शकास्पद भूमिका रहेको छानबिन समितिको प्रतिवेदनका आधारमा उनलाई हटाइएको हो।

माघ ७ गते कमलादीको ल्याण्डमार्क होटल एण्ड अर्पाटमेन्टमा एक युवतीमाथि सामूहिक बलात्कार भएको थियो।

जून घटनामा युवतीले प्रहरीमा उजुरी गरेकोमा प्रहरीकै सहयोगमा पछि मिलापत्र गराइएको थियो। घटना बाहिर आएपछि प्रहरीले वृत्तका इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारी निलम्बनमा परीसकेका छन्।