You are here
Home > साहित्य > तिमी र म / रिमा केसी

तिमी र म / रिमा केसी

२८ मंसिर २०७४, बिहीबार १६:४७

 

म आगोमा जलिरहेँ
तिमी सागर बेच्दै गयौ उधारोमा
मट्टित्तेलले जस्तै भिजायो पानीले पनि
र, आगोसित राख्यो सम्बन्ध

म फलाम झै चुटीए
तिमी रमिता हेरेर बस्यौ
तिम्रो लागि म देखाइरहेँ तमासा

लेख्दै गयौ म जलेको गजल
गाउँदै गयौ प्रीत मरेको मेरो गित

इश्वर बनाइ पुजिरहेँ राखेर मनको कुनामा
तिमी मन्दिरबाट निस्कियौ
मानिस लत्याइरहेछन क्रमश :

म एउटा इश्वरको मृत्युमा
लेख्न बसेको छु एउटा शोक गित

ए सङ्गितकारहरु,
भरिदेउ एउटा यस्तो सङ्गीत
इश्वरहरुले फेरुन जुनि र बनुन मान्छे !!!
नरहुन पाषाण मुर्तिमा सिमित

– रिमा केसी